कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कालीगण्डकीमा दुई बेपत्ता

माधव अर्याल

पाल्पा — नुहाउने क्रममा कालीगण्डकी नदीमा बगेर बिहीबार दुई जना बेपत्ता भएका छन् ।

कालीगण्डकीमा दुई बेपत्ता

जिल्लाको बगनासकाली गाउँपालिका–६ यम्घाका ३२ वर्षीय गोविन्द परियार र २४ वर्षीय चन्द्रबहादुर परियार बगेर वेपत्ता भएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।


उनका अनुसार कालीगण्डकी नदीमा पुजा गर्न गएको र पुजा सकेर नुहाउने क्रममा दुई जना बगेर बेपत्ता भएका हुन् । पुजा गरेर सकेपछि पौडी खेल्दा खेल्दै दुवै जना बगेको प्रत्यक्षदर्शीले बताए ।


वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद अधिकारीका अनुसार बेपत्ता भएकाहरुलाई स्थानीय, प्रहरी र पौड्न जानेका बोटे समुदायबाट खोजी कार्य जारी छ ।


प्रहरीले राम्दी लगायत तल्लो भेगका प्रहरी र स्थानीयलाई समेत यस विषयमा जानकारी गराएर खोजीलाई तीव्रता दिएको जनाएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७५ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?