बाघको छाला बेच्दै गर्दा पक्राउ

कमल पन्थी

गुलरिया — बाघको छाला विक्री गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बासगढी–९ थुम्नीका ६७ वर्षीय शेरबहादुर थापालाई प्रहरीले अाइतबार उनकै घरबाट बाघको छालासहित पक्राउ गरेको हो । 

बाघको छाला बेच्दै गर्दा पक्राउ

प्रदेश नम्बर ५ को प्रहरी अनुसन्धान ब्यूरोका प्रहरी निरीक्षक अरुणकुमार सिंहको टोलीले थापालाई बाघको छाला मोलमोलाई गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।


वन्यजन्तु चोरी सिकारमा संलग्न रहेको आशंकामा प्रहरीले थापालाई निगरानीमा राख्दै आएको थियो ।


उनलाई इलाका प्रहरी कार्यालय मोतीपुरमा अनुसन्धानका लागि राखिएको छ । थुम्नीदेखि ५ सय मिटरको दूरीमा बर्दिया राष्ट्रिय निकुञ्ज छ ।

प्रकाशित : जेष्ठ १३, २०७५ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?