प्रदेश ५ सरकारका सय दिने उपलब्धि सार्वजनिक

घनश्याम गौतम

रुपन्देही — प्रदेश ५ को सरकारले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले सिमित पूर्वाधार र बलियो जग बिना नै बनेको प्रदेश सरकारले अभुतपूर्व काम गरेको बताए । 

Yamaha

मुख्यमन्त्री पोखरेलले संविधानले दिएको अधिकार अनुसार धेरै काम गर्न नसकेपनि परिस्थितीको हिसाबमा धेरै काम भएको बताए । कानुन अभाव, संगठन र संरचना अभावकैबीच सरकारले गरेका ४७ कामको सूची सार्वजनिक गरेको छ ।

सूचीमा मन्त्रालय स्थापना, वेभसाईट निर्माण, ब्रोसियर तयारदेखि केही योजनाको डिपिआरसम्म छन् ।

चालू वर्षका नीति कार्यक्रम, बजेट पारित, प्रादेशिक योजना आयोग गठन, विभिन्न ऐन र नियमावली निर्माण, विधेयक तयार गरेका काम पनि उपलब्धिको सूचीमा उल्लेख छन् ।

एक दर्जन बढी योजनाको अध्ययन भैरहेको र केहीको काम अघि बढाउन कन्सल्टेन्ट छनोटको चरणमा पुगेको सरकारका प्रवक्ता वैद्यनाथ चौधरीले बताए ।

प्रदेश सरकारको अवस्था, कानुन, सिमा र विकासको योजनामा स्पष्ट भएकाले सरकारमा कुनै अलमल नरहेको प्रदेश सरकारले जनाएको छ ।

यो वर्ष प्रादेशिक योजना आयोगले योजना तयार गर्ने र अर्को वर्षबाट निर्माणका काम अघि बढ्ने मुख्यमन्त्रीले पोखरेलले बताए ।

पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले प्रदेशको नाममा समस्या नभएपनि स्थायी राजधानी तोक्ने कुरा सहमति मै गर्नुपर्ने भएकाले दुवै एकैसाथ गर्ने गरी तयारी भैरहेको जानकारी दिए ।

प्रकाशित : जेष्ठ १४, २०७५ १६:५०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

न्युजिल्याण्डका सडकमा नेपालको प्रवर्द्धन

नारायण खड्का

अष्ट्रेलिया — अहिले न्युजिल्याण्डको मुख्य शहर क्राइष्टचर्चमा भिन्न किसिमले नेपालको प्रचारप्रसार सुरु गरिएको छ ।

क्राइष्टचर्चको एयरर्पाेट, सेन्ट्रल सिटी मात्र नभएर मुख्य मुख्य स्थानमा नेपाल सम्बन्धि करिब १ दर्जन ‘डिजिटल डिस्प्ले बोर्ड’ राखेर प्रचारप्रसार गर्न थालिएको हो।

एक सातासम्म राखिने यी बोर्डले नेपालको पर्यटन प्रवर्द्धन मात्र गर्ने नभएर न्युजिल्याण्डमा रहेका विदेशीहरुलाई नेपाल घुम्ने र नेपालका हिमशिखरहरुको आरोहण गर्न समेत प्रेरित गर्ने आशा राखिएको छ।

न्युजिल्याण्डमा विगत ४ वर्षदेखि एभरेष्ट डे मनाइदै आइएको छ। नेपाल प्रवर्द्धनको नयाँ उपायले अहिले दैनिक हजारौँ न्युजिल्याण्डवासीको ध्यानाकर्षण गराएको छ।

भुकम्पपछि सुस्ताएको नेपालको पर्यटनलाई राहत दिने उद्देश्य स्वरुम यो कामको थालनी गरिएको आयोजक एनआरएन न्युजिल्याण्डका सचिव विसाल सापकोटाले बताए। यो अभियानलाई नेपाल पर्यटन बोर्डले समेत सहयोग पुर्याएको छ।

एनआरएन न्युजिल्याण्डका सदस्यहरुले डिजिटल बोर्ड राख्ने मात्र नभएर स्थानीय बजार र मलहरुमा गएर नेपाल सम्बन्धि पर्चा पम्प्लेट बाँडिरहेको उनले बताए।

उनका अनुसार एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको आरोहण गरेकाले समेत न्युजिल्याण्डवासीहरुले नेपालको पर्यटनमा धेरै चासो दिने गरेका छन्।

प्रकाशित : जेष्ठ १४, २०७५ १६:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT