कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कालीगण्डकीको पानी तानसेनमा

माधव अर्याल

पाल्पा — निर्धारित समयमा निर्माण सकिए सदरमुकामका बासिन्दाले कालीगण्डकीको पानी पिउन पाउनेछन् । तानसेन–कालीगण्डकी लिºिटङ आयोजनाले गति लिएपछि तानसेनवासी खुसी देखिएका हुन् ।

कालीगण्डकीको पानी तानसेनमा

आगामी मंसिरसम्म पानी वितरण भइसक्ने आयोजनाले जनाएको छ । यहाँका बासिन्दा विद्युत् नियमित हुँदा सातामा एकपटक पानी भर्छन् । नत्र १२ दिनमा एक घण्टा पानी मिल्छ । योजना पूरा भएपछि मंसिरबाट २४ सैं घण्टा सुविधा हुनेछ ।

पानीको दिगो स्रोत नपाएकाले योजना अघि बढेको थिएन । त्यसपछि कालीगण्डकीको पानी ल्याउने पहल भएको हो । डिभिजन खानेपानी कार्यालय प्रमुख केशवलाल शाक्यका अनुसार यसको कुल लागत ३९ करोड ९० लाख रुपैयाँ छ ।

‘आउने मंसिर ८ गतेसम्म योजनाको म्याद रहेको छ,’ उनले भने, ‘म्यादभित्रै योजना सम्पन्न हुनेमा हामी आशावादी छौं ।’

तानसेन १३ रानीमहल नजिकबाट ५ लिºट गरी पानी ल्याउने योजना छ । यसको ३८ प्रतिशत काम सकियो । किनारमा इनार खनिएको छ । त्यसबाट १ किलोमिटर टाढाको १ लाख लिटर क्षमताको ट्यांकीमा पानी जम्मा हुन्छ । त्यसपछि तेस्रोमा फिल्टर हुँदै बौघागुम्हास्थित ट्यांकीमा जम्मा गरिन्छ । भीर, अप्ठेरो नभनी निर्माण व्यवसायीले काम गरिरहेको उनले बताए । ‘सुरुमा केही ढिलाइ गरे पनि अहिले कामले तीव्रता पाएको छ,’ उनले भने, ‘पहिले समयमा सकिन्न भन्ने चिन्ता थियो तर पछिल्लो समय कामले गति लिएको देख्दा धेरै अघि बढेको छ ।’

आउने आर्थिक वर्षमा यसका लागि रकम अभाव हुन नहुने इन्जिनियर उत्सव पोखरेलले बताए । उनका अनुसार अहिले कामका लागि पैसा बाँकी देखिए पनि सामान किनेको बिल र ट्यांकी निर्माण हुँदा धेरै पैसा सकिन्छ । तानसेनदेखि ११ किलोमिटर टाढाबाट पानी ल्याउन लागिएको हो । ट्यांकी निर्माण, पाइपलाइनको काम, विद्युत् जडानलगायत तीव्र गतिमा चलेको छ ।

इन्जिनियर पोखरेलका अनुसार ६ वटा स्टेसन, ५ लिºटमा प्रतिसेकेण्ड ४० लिटर पानी तानसेनको ट्यांकीमा फ्यालिन्छ । १२ घण्टामा ३० लाख लिटर पानी बतासे डाँडाको ट्यांकीमा खसाल्ने योजना रहेको उनले सुनाए । यस योजनाका लागि तानसेन खानेपानी उपभोक्ता समितिले पनि सहयोग गरेको छ ।

प्रतिधारा एक हजारका दरले रकम संकलन गरेर झण्डै २ करोडको लागत सहभागिता रहने अध्यक्ष चकोरमान शाक्यले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?