आगलागीमा एक महिलाको मृत्यु

दुर्गालाल केसी

दाङ — गढवा गाउँपालिकामा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । गढवा गाउँपालिका–३ सुपैलाकी ४५ बर्षीया लक्ष्मी रावतको जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

आगलागीमा एक महिलाको मृत्यु

कोही नभएको बेला मंगलबार राति घरमा आगलागी भएपछि रावतको मृत्यु भएको हो । गाउँका अन्य पाँच घर र तीन गोठ जलेका छन् ।


घरगोठ, लत्ताकपडा, अन्तपात, धनमाल, नगद, गरगहना जलेर १५ लाखबराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगो कसरी लाग्यो भन्नेबारे थाहा हुन सकेको छैन ।

प्रकाशित : जेष्ठ १६, २०७५ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?