५ किलो अफिमसहित तीन जना पक्राउ

दुर्गालाल केसी

दाङ — ५ किलो अफिमसहित दाङमा ३ जना पक्राउ परेका छन् । लागू औषध कारोबार भइरहेको सूचनाका आधारमा प्रदेश ५ प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको टोलीले ५ किलो २ सयग्राम अफिमसहित आइतबार राति घोराहीबाट ३ जनालाई पक्राउ गरेको हो ।

५ किलो अफिमसहित तीन जना पक्राउ

पक्राउ पर्नेमा रोल्पा पाछाबाङ–७ घर भई घोराही–१२ बस्ने ३१ वर्षीय शक्तिराम वली, रुकुम भूमे गाउँपालिका–८ का २७ वर्षीय एलनकुमार रोका मगर र भूमे–६ का २८ वर्षीय देवबहादुर ओली छन् ।


शक्तिरामको साथमा रहेको झोलामा प्लास्टिकको पोकाभित्र लुकाईराखेको अवस्थामा अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले बताए ।

प्रकाशित : जेष्ठ २१, २०७५ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?