कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा एकको मृत्यु 

नारायण शर्मा

नवलपरासी — पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको देवचुली नगरपालिकामा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा एकको मृत्यु 

बिहान ५ बजे नवलपुरको देवचुली ३६ घरेस्थित राजमार्गमा पूर्वबाट पश्चिम आउँदै गरेको ना ६ ख ५७३१ नम्बरको ट्रकले बिपरित दिशाबाट गइरहेको लु २३ प ६४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रुपन्देही टिकैलीगढका कृष्ण प्रसाद थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


थारुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा ज्यान गएको हो । मोटरसाइकलमा पछाडि सवार नवलरासी सुनलवल १० का तुलाराम कुवर गम्भिर घाइते भएका छन् । घाइते कुवरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित : जेष्ठ २२, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?