कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कावासोती नगरपालिकामा चक्रपथ निर्माण सुरु

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी चक्रपथ  निर्माण सुरु गरेको छ ।

कावासोती नगरपालिकामा चक्रपथ निर्माण सुरु

कावासोती नगरपालिका वडा नम्बर ४ हसौराबाट निमार्ण थालिएको चक्रपथको नगरपालिकाकी मेयर चन्द्रकुमारी पुनले शिलन्यास गरेकी छन् ।


झण्डै ५० किलोमिटर लम्बाई हुने उक्त चक्रपथ नगरपालिकाको १७ वटा वडामध्ये १५ वटा वडालाई जोड्ने भएको छ ।

नगर क्षेत्रका सबै वडालाई सहज रुपमा सडक सञ्जालमा जोड्नका लागि चक्रपथ निर्माणको योजना अगाडि बढाइएको मेयर पुनले बताईन् ।


पहिलो चरणमा १ करोड ७५ लाखको लागतमा काम सुरु गरिएको छ ।

प्रकाशित : जेष्ठ २४, २०७५ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?