बस दुर्घटनामा एक बालकको मृत्यु, ३३ यात्रु घाइते

दुर्गालाल केसी

दाङ — पूर्व-पश्चिम राजमार्गअन्तर्गत देउखुरीमा शुक्रबार यात्रुबाहक बस पल्टिँदा एक बालकको मृत्यु भएको छ । जनकपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना ५ ख १८२९ नम्बरको बस राप्ती गाउँपालिका-५ पहरुवामा दुर्घटना हुँदा भारत उत्तर प्रदेशकी ५ वर्षीया निरबी मोहम्मदको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

बस दुर्घटनामा एक बालकको मृत्यु, ३३ यात्रु घाइते

बसमा सवार ३१ यात्रु घाइते भएका छन् । घाइतेहरुको लमही र कोहलपुरमा उपचार भइरहेको छ । बस सडकबाट खोल्सामा खसेको थियो ।

चालक र सहचालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको आशंका छ ।

प्रकाशित : जेष्ठ २५, २०७५ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?