२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

दाङमा स्थानीय र प्रहरीबीच झडप, नौ घाइते

दुर्गालाल केसी

दाङ — गढवा गाउँपालिका-६, गढवामा शुक्रबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा दुई प्रहरीसहित नौ जना घाइते भएका छन् ।

दाङमा स्थानीय र प्रहरीबीच झडप, नौ घाइते

जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका गढवा-६ का २२ वर्षीय डम्बरप्रताप यादवको रिहाईको माग गर्दै स्थानीय बासिन्दाले ईलाका प्रहरी कार्यालय घेराउ गरी ढुङ्गामुढा गरेका थिए । ढुंगा प्रहारबाट प्रहरीतर्फ सई कमल आचार्य र हवल्दार दौलतसिंह बुढा घाइते भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख पञ्चलाल गोलेले जानकारी दिएका छन् ।


प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा स्थानीय सहजदेव यादव, मञ्जीला यादव, सतवर यादव, गीता यादव, सञ्जिता यादव, अनवर अलि र मालिकराम यादव घाइते भएका छन् । एक किशोरीमाथि करणी भएको भन्दै प्रहरीमा किटानी जाहेरी परेपछि प्रहरीले आरोपित युवकलाई पक्राउ गरी मुद्दा चलाएको छ । मुद्दा दायर भएपछि सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


युवकलाई गलत आरोप लगाएर फसाएको भन्दै उनका आफन्तले प्रहरी कार्यालय घेराउ गरेका थिए । तीन महिनाअघि केटाकेटीले प्रेम विवाह गरेको र अहिले केटी फिर्ता गरी उनका आफन्तले जबर्जस्ती करणीको आरोप लगाएको केटा पक्षको भनाइ छ ।

प्रकाशित : असार १, २०७५ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?