विपक्षीको अवरोधपछि प्रदेश ५ को संसद बैठक स्थगित

घनश्याम गौतम

रूपन्देही — विपक्षी दलसँगको छलफल विना प्रदेश सरकारले बजेट ल्याएको भन्दै प्रदेश ५ को स‌ंसद बैठक प्रतिपक्ष नेपाली कांग्रेसको अवरोध पछि केही समयका लागि स्थगित भएको छ ।

विपक्षीको अवरोधपछि प्रदेश ५ को संसद बैठक स्थगित

कांग्रेस सांसद डिल्ली चौधरीले बजेटमा जनताका आवश्यकता सम्बोधन हुने गरी बजेट नआएको र बजेटले प्रदेशको राजधानीको विषयमा केही नबोलेको भन्दै विपक्षी दलको विरोध रहेको बताएका थिए ।


चौधरीले रोष्टमबाट कुरा राखे लगत्तै कांग्रेस सांसदले उभिएर विरोध गरेका थिए । सभामुख पूर्णबहादुर घर्तीले बस्न पटक पटक आग्रह गरेका थिए । तर कांग्रेसका सांसदहरु बस्न नमानेपछि सभामुखले बैठक कार्यसूची अनुसार अघि बढ्ने जानकारी गराएपछि कांग्रेस संसद बैठक कक्षबाट बाहिरिएका हुन् ।


कांग्रेस सांसद बाहिरिएपछि बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । बैठकमा सरकारको बजेट माथिको छलफल र प्रदेशसभा नियमावली माथिको छलफलको कार्यसूची थियो ।


प्रदेश ५ मा विपक्षी दलले बैठक स्थगित गरेको यो पहिलो पटक हो ।

प्रकाशित : असार ४, २०७५ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?