कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दुई मोटरसाइकल ठोक्किँदा एककाे मृत्यु

माधव ढुंगाना

भैरहवा — दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा शुक्रबार दिउँसो भैरहवा–परासी हुलाकी सडक खण्डमा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

दुई मोटरसाइकल ठोक्किँदा एककाे मृत्यु

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसारमा सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ३८ वर्षीय चन्देश कुमार दुवेकाे मृत्यू भएकाे हाे।


उक्त हुलाकी सडक हुँदै पूर्वबाट भैरहवातर्फ जाँदै गरेको लु २८ प ६२२४ नम्बरको मोटरसाइकल र भैरहवाबाट पूर्वतर्फ जाँदै गरेको लु ३८ प ५८०१ नम्बरको मोटरसाइकल दिउँसो ४ बजे भैरहवादेखि करिब ६ किलाेमिटर पूर्व रोहिणीपुल नजिकै आपसमा ठोक्किँदा लु २८ प ६२२४ नम्बरका मोटरसाइकल चालक दुवेको मृत्यू भएको हाे।


लु ३८ प ५८०१ नम्बरको मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका १३ का किरण गुरुङ्ग र पछाडि बसेका काठमाडौं महानगरपालिका–५ का भूपेन्द्र भारती घाइते भएका छन् । दुवैको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


यसैगरी, भैरहवाको बेलहिया नजिकै सिद्धार्थ राजमार्गमा भएको अर्काे सडक दुर्घटनामा बेलहिया निवासी गुड्डु भनिने सतबिन्दा सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ८, २०७५ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?