कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाङमा गोली लागेर दुई जना घाइते

दुर्गालाल केसी

दाङ — दाङमा जंगली जनावरका लागि थापिएको बन्दुकको धरापमा परेर दुईजना घाइते भएका छन् ।

दाङमा गोली लागेर दुई जना घाइते

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने दंगिशरण गाउँपालिका १ स्थित कनरिया सामुदायिक वनमा जंगली जनावरका लागि थापिएको बन्दुकको धरापमा परेर फुर्केसल्लीका २० वर्षीय कृष्णकुमार घर्ती र २५ वर्षीय भिम घर्ती घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


शुक्रबार बेलुकी हराएका गोरु खोज्न जंगल गएको बेला बन्दुकको एम्बुस पड्किदा दुवै जनाको खुट्टामा गोली लागेको इप्रका तुलसीपुरका डीएसपी प्रकाश सापकोटाले बताए ।


उनीहरूलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । प्रहरीले घटनास्थलबाट एकथान भरूवा बन्दुक बरामद गरेको छ ।


बन्दुकको एम्बुस थापेको आरोपमा दंगिशरण १ बाँकी बेटारपुरका बिजुली डाँगीसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ९, २०७५ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?