कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

समुन्नत बुटवलको योजना

बुटवल — देशको लगातार उत्कृष्ट नगर बनेको बुटवल उपमहानगरपालिकाले पर्यटन, कृषि र उद्योग–व्यापारको विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।

समुन्नत बुटवलको योजना

उपमहानगरले शुक्रबार प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा ‘सबल आर्थिक केन्द्र र समुन्नत बुटवल’को दीर्घकालीन योजनाका साथ पूर्वाधार तथा पर्यटन, कृषि र उद्योग–व्यापारको थप विकास गर्ने उल्लेख छ ।

जनसहभागितामा आधारित कार्यक्रमलाई अझ परिष्कृत गर्दै प्रतिस्पर्धामा आधारित बनाइने र कामका आधारमा सम्मान गर्ने समेत नीति छ । बुटवललाई विषादीरहित खाद्यवस्तु उपलब्ध हुने सहरका रूपमा पहिचान गराउने, एक घर एक करेसाबारी र कौसी तरकारी खेती कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको नगरप्रमुख शिवराज सुवेदीले जनाएका छन् ।

प्रकाशित : असार १०, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?