कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रामग्रामको बजेट ६० करोड

परासी — रामग्राम नगरपालिकाले सभागृह, घण्टाघर, अटो भिलेज र सपिङ मल निर्माणलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

रामग्रामको बजेट ६० करोड

तेस्रो नगरसभाले आगामी वर्षका लागि नगरपालिकाको ६० करोड १६ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको हो । सदरमुकाममै ठूला बैठक तथा सभा गर्न व्यवस्थित स्थान नभएको भन्दै सभाले सभागृह निर्माणलाई प्राथमिकतामा राखेको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । परासी बजार व्यवस्थापनका लागि सपिङ मल र अटोभिलेज नगर आफंैले निर्माण गर्न लागेको हो ।

त्यस्ता योजनामा २० प्रतिशत नगरपालिकाबाट र बाँकी रकम बाहिरी स्रोतबाट जुटाउने नगर कार्यपालिकाको लक्ष्य छ । नगरपालिकाले प्रशासनिक खर्चतर्फ १२ करोड ३४ लाख, सामाजिक सुरक्षामा ८ करोड, शिक्षा, स्वास्थ्य विषयगत शाखामा ३७ करोड ८७ लाख रकम विनियोजन गरेको छ । स्वास्थ्यमा बहुक्षेत्रीय पोषण र सुआहारा कार्यक्रम पनि समावेश छ ।

प्रकाशित : असार ११, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?