कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

स्थानीय तहका वेबसाइट नामका मात्र

अधिकांशका अपडेट छैनन्
माधव अर्याल

पाल्पा — हरेक स्थानीय तहमा सूचना प्रविधि अधिकृतको दरबन्दी व्यवस्था भए पनि तिनका वेबसाइट नियमित अपडेट भएका छैनन् । सुगमको तानसेन नगरपालिकादेखि ग्रामीण भेगका गाउँपालिकाको अवस्था उस्तै छ ।

स्थानीय तहका वेबसाइट नामका मात्र

अधिकांश गाउँ र नगरपालिकाका वेबसाइटमा पुरानै विवरण छन् । स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक वर्ष वितेको छ । अधिकांश गाउँ र नगरपालिकाका नाममा खोलिएका वेबसाइटमा जानकारीमूलक विवरण नहुँदा सर्वसाधारण सूचनाबाट वञ्चित छन् ।

स्थानीय तह पुन:संरचनाका क्रममा पुरानो नगरपालिकामा साबिकका सात गाविस मिलाएर बनाइएको तानसेन नगरपालिकाले आºनो वेबसाइट डिजाइन गरेको धेरै वर्ष भयो । तर, कुनै पनि जानकारी र आवश्यक सूचना त्यहाँ छैनन् । नगर प्रमुख अशोककुमार शाहीले सूचना प्रविधि अधिकृतलाई यस विषयमा धेरै पटक निर्देशन दिइसकेको र सबै सूचना वेबसाइटमा राख्न भनेको बताए । तर, मेयर शाहीले भनेजस्तो अवस्था नगरपालिकाको वेबसाइटमा पाइँदैन । नगरपालिकाको परिचय तथा पदाधिकारीको नामावलीसमेत वेबसाइटमा अद्यावधिक गरिएको छैन ।

मेयर, उपमेयर र कार्यकारी अधिकृतको तस्बिरबाहेक तानसेन नगरपालिकाको वेबसाइटमा अरू कुनै कुरा अपडेट छैन । पुरानै वेबसाइटको विवरण राखिएको छ । केही कर्मचारी घुमघाममा गएको र सूचना अधिकारी आफैं अनुगमनमा पुगेका तस्बिर भने वेबसाइटमा अपलोड गरिएका छन् । ‘नगरका सबै सूचना वेबसाइटमा राख्न भनेको छु,’ तानसेन नगर प्रमुख शाहीले भने, ‘अपडेट नगरेको भए तत्काल यस विषयमा ध्यानाकर्षण गराउनेछु ।’ कतिपय गाउँपालिकाका वेबसाइटमा तस्बिर मात्र छन् । माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापामगरले कतिपय अवस्थामा इन्टरनेटका कारण पनि अपडेट हुन नसकेको बताए । ‘सकेसम्म छिटो राख्नुपर्छ भनेका छौं,’ उनले भने, ‘इन्टरनेटका कारण मात्र केही ढिला भएको हो ।’

गाउँपालिकाले गरेका सामान्य क्रियाकलापका अतिरिक्त तस्बिर, वार्षिक नीति तथा कार्यक्रम, बजेट र अन्य जानकारीका साथै नागरिक वडापत्र आºनो वेबसाइटमा राख्नुपर्ने हुन्छ । तर, नगरपालिका र गाउँपालिकाका वेबसाइटमा यस्ता कुनै पनि सूचना पाउन सकिने अवस्था छैन । वडा कार्यालय, त्यहाँको योजना, कार्यक्रम, गाउँपालिकाको योजना केही राखिएको छैन । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले सूचना प्रविधि अधिकृतलाई सबै जानकारी वेबसाइटमा राख्न निर्देशन दिएको बताए । ‘हामीले सबै क्रियाकलाप राख्न निर्देशन दिएका हुन्छौं,’ उनले भने, ‘सबै सूचना वेबसाइटमा हुनुपर्छ भनेका पनि छौं ।’

जिल्लाका आठ गाउँपालिकामध्ये बगनासकाली र रैनादेवी छहराका वेबसाइटमा भने केही अद्यावधिक गरिएको छ । रैनादेवीले आºनो वेबसाइटमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कार्यकारी अधिकृतको फोटोसहितको नामावली राखेको छ । वडागत विवरणका साथै योजना र सूचनालाई पनि सोही दिन अपडेट गर्ने गरेको छ ।

असार १० गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम रैनादेवीले सोही दिन बेबसाइटमा अपलोड गरेको थियो । ‘सकेसम्म धेरै सूचना वेबसाइटमा अपडेट गर्न सूचना प्रविधि अधिकृतलाई निर्देशन दिएका छौं,’ रैनादेवी छहरा गाउँपालिका प्रमुख रामबहादुर कार्कीले भने, ‘हाम्रोमा धेरै समस्या नहोलाजस्तो लाग्छ ।’ कतिपय गाउँपालिकाले नीति तथा कार्यक्रमको समाचार प्रतिक्रिया लिन फोन गरेपछि मात्र हतारहतारमा अपलोड गरेका थिए । केहीले त अझै अपलोड गरेका छैनन् ।

रम्भा, पूर्वखोला, रिब्दीकोट, तिनाउलगायतले वेबसाइटमा गाउँपालिकाको विवरण नै राखेका छैनन् । रामपुर नगरपालिकाको अवस्था पनि उस्तै छ । रामपुर नगरपालिकाको वेबसाइटमा २०७२/०७३ का केही सूचना छन् । पछिल्लो समयका कुनै पनि सूचना र जानकारी अपडेटमा छैनन् ।

प्रकाशित : असार १४, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?