१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बबईमा जलस्तर बढ्दै, यातायात सेवा प्रभावित

कमल पन्थी

बर्दिया — आइतबार रातिदेखिको अविरल वर्षाले बर्दियास्थित बबई नदीमा जलस्तर बढ्दै गएको छ । जलस्तर बढ्दै गए पछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्रशासनले निर्देशन दिएको छ ।

बबईमा जलस्तर बढ्दै, यातायात सेवा प्रभावित

कर्णालीमा भने जलस्तर बढेको छैन । वर्षाले गुलरिया लगायत जिल्लाका अधिकांश ठाउ‘ डुबानमा परेको प्रहरीले जनाएको छ । निर्माणाधीन गुलरिया—राजापुर सडक खण्ड अन्तर्गत गमक्कामा यातायात सेवा ठप्प भएको छ ।


निर्माणाधीन पुल नजिक बनाइएको डाइभर्सन डुबानमा परेकोले आउजाउ ठप्प भएको हो । आयोजनाले पटक पटक डिजाइन फेर्दै गएका कारण पुल निर्माणमा ढिलाई भएकाले यस्तो अवस्था आएको निर्माण व्यवसायी बताउ‘छन् ।


यसैगरी गुलरिया—नेपालगञ्ज सडक खण्ड अन्र्तगत लालपुरमा निर्माणाधीन कल्भट नजिकको वाइपासमा ट्रक फसेपछि यातायात अवरुद्ध हुँदा दर्जनौं सवारी साधन अलपत्र परेका छन् । गमक्का र लालपुर सडक खण्डमा स्काभेटर प्रयोग गरि यातायात सुचारु गर्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारीले रामबहादुर कुरुम्बाङ्गले जनाएका छन् ।


बबईमा जलस्तर ३ दशमलव ५ मिटर रहेको छ । बाढीको खतरा ५ मिटर मानिन्छ । वर्षाकै कारण गुलरिया नगरपालिका क्षेत्रमा छ वटा पोल ढलेका कारण विद्युत सेवा प्रभावित भएको छ ।

प्रकाशित : असार १८, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?