डा. केसीको पक्षमा घोराहीमा प्रदर्शन

दुर्गालाल केसी

दाङ — चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशनरत डा. गोविन्द केसीको पक्षमा बुधबार घोराही प्रदर्शन गरिएको छ । दिपज्योति नर्सिङ क्याम्पस घोराहीमा अध्ययनरत विद्यार्थीले डा. केसीलाई बचाउन माग गर्दै बजार परिक्रमा गरेका थिए ।

उनीहरुले ‘सरकारको घडीमा माफियाको व्याट्री, डा. केसीका सम्पूर्ण माग पूरा गर, लोकतन्त्र कि लुटतन्त्र, पागल कि भ्रष्ट ?, चिकित्सा शिक्षा ऐन यथारुपमा पारित गर, म डा. केसीको पक्षमा, ३ करोड नेपालीको स्वास्थ्यमा खेलवाड किन ?, मेडिकल माफिया होसियार’ जस्ता नारा लगाएका थिए ।

प्रकाशित : असार २७, २०७५ १८:३४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकाका तीनै जिल्लामा दिउँसो टिपर चलाउन प्रतिबन्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — टिपरको ठक्करबाट मृत्युका घटना बढेपछि गृह मन्त्रालयले दिउँसोको समयमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा टिपर चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

बुधबार गृहमन्त्रालयले राति आठ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी ट्राफिक महाशाखालाई निर्देशन दिएको छ ।

मंगलबार मात्रै जडीबुटीमा टिपरको ठक्करले झापा घर भई दूधपाटी बस्ने रोयल सुवेदीको मृत्यु भएको थियो । उक्त स्थानमा जेठ तीसमा पनि टिपरको ठक्करबाट स्कुटरम रहेकी अस्मिता राजभण्डारीको मृत्यु भएको थियो ।

महानगरीय प्रहरी ट्राफिक महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७४ को जेठ महिनामा मात्रै टिपरले १९ जनाको ज्यान लिइसकेको छ ।

प्रकाशित : असार २७, २०७५ १७:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT