कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

किशोरी मृत्यु प्रकरणः हजुरआमालाई म्याद थप

रुपन्देही — आगोले जलेर मृत्यु भएकी कञ्चन गाउँपालिका ५ रुद्रपुरकी १६ वर्षीया समीक्षा ठकुरीको मृत्यु स्वाभाविक नभएको अनुसन्धानले देखाएको छ । 

किशोरी मृत्यु प्रकरणः हजुरआमालाई म्याद थप

प्रहरीले प्रारम्भिक अनुसन्धानमा स्वाभाविक मृत्यु नभई ‘कर्तव्य’ कै संकेत देखिएको जनायो । किशोरीकी हजुरआमा ६२ वर्षीया हरिकला ठकुरीलाई प्रहरीले मंगलबार ७ दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।


इलाका प्रहरी बुटवलका नायव उपरीक्षक डिलबहादुर मल्लले घटना थप शंकास्पद देखिएको बताए ।


‘थप कुरा अनुसन्धानबाटै खुल्छ,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानकै आधारमा हजुरआमाको म्याद थप गरिएको छ ।’ सोमबार किशोरीका बाबु तेजबहादुर, हजुरबुबा द्रोण, फुपूहरू अमृता भन्ने शोभाकुमारी राना र मधु खासुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो । उनीहरू पनि निगरानीमै रहेको प्रहरीले जनाएको छ ।


किशोरी मृत्यु प्रकरणले प्रदेशसभाको सोमबारको बैठकमा समेत प्रवेश पाएको थियो । प्रदेशसभाका महिला सदस्यले बैठकको शून्य समयमा बोल्दै निष्पक्ष छानबिनको माग गरेका थिए ।


महिला सदस्यको मागमा मंगलबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले जवाफ दिँदै किशोरी मृत्यु प्रकरणमा कुनै कसुर बाँकी नरहने गरी प्रहरी नेतृत्वकै निगरानी र निर्देशनमा छानबिन भइरहेको बताए । किशोरीको असार ९ गते घरमा सुतेको अवस्थामा पूरै शरीर जलेको थियो ।

प्रकाशित : असार २७, २०७५ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?