कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दाङमा २८ भारतीय पक्राउ

दाङ — तुलसीपुरस्थित मुनाल पाहुना घरबाट बिहीबार २८ भारतीय नागरिक पक्राउ परेका छन् । एक सातादेखि होटेलमा बसेर विभिन्न अवैध कारोबार गरेको सूचनाका आधारमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएस्पी प्रकाश सापकोटाले बताए ।

दाङमा २८ भारतीय पक्राउ

उनीहरुबाट मोबाइल सेट र दर्जनौं ग्यास चुलो बरामद भएको उनले जानकारी दिए ।


उनीहरुले भन्सार छलेर ल्याएका चोरीका सामान गाउँगाउँमा बिक्री गर्दै आएको तथ्य फेला परेको उनले बताए । भारत बहराईचका नन्के शर्माको नेतृत्वमा रहेको टोलीले तुलसीपुरमा अवैध सामान कारोबार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार २८, २०७५ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?