२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

दुई थान बन्दुकसहित पक्राउ    

कमल पन्थी

बर्दिया — भारतबाट अवैध रुपमा खरिद गरि ल्याएको दुई थान बन्दुकसहित दुई जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

दुई थान बन्दुकसहित पक्राउ    

भारत उत्तरप्रदेश राज्य बहराईच जिल्लाको बलैगाउँ हुँदै बढैयाताल गाउँपालिका—२ ऐलानी सीतापुरबाट बाह्रबोर र भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । पक्राउ पर्नेमा सोही ठाँउका २४ वर्षीय खड्गबहादुर सुनार र २६ वर्षीय खुमबहादुर थापा रहेका छन् ।


उनीहरुविरुद्ध हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३२, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?