कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बगनासकालीको जोड कृषि र पशुपालनमा

पाल्पा — बगनासकाली गाउँपालिकाले आव ०७५/७६ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँसभाबाट शुक्रबार यस आवका लागि ४३ करोड ४४ लाख २८ हजार बराबरको बजेट सार्वजनिक गरिएको हो ।

बगनासकालीको जोड कृषि र पशुपालनमा

आन्तरिकतर्फको आम्दानी ६८ लाख, संघीय सरकारका तर्फबाट वित्तीय समानीकरण अनुदान ७ करोड ८० लाख, ससर्त अनुदान १५ करोड ६८ लाख, राजस्व बाँडफाँटबाट ५ करोड २८ लाख २८ हजार उठ्ने अनुमान गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता १० करोड, प्रदेशसभा अनुदानबाट १ करोड ५० लाख, समपुरक कोष अनुदानमार्फत २५ लाख, सञ्चित कोष (अल्या) २५ लाख, गैसस र अन्य स्रोतमार्फत २ करोडको बजेट प्रस्तुत गरेको छ । आगामी आवका लागि गाउँपालिकाले कृषिमा साढे ३७ लाख र पशुपालनलाई २५ लाख विनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले आवश्यकताअनुसारको बजेट व्यवस्थापन गर्न गाउँपालिका सधैं तयार रहेको बताइन् । ‘कृषि तथा पशुपालनमा बजेटको कमी हुने छैन,’ उनले भनिन्, ‘अहिले बजेट कम देखिए पनि मागमा आधारित कार्यक्रम गरेर कमी हुन दिने छैनौं ।’

स्थानीय स्तरमा रहेका जडीबुटी, डालेघाँस, एग्रो फरेस्ट्रीका साथ उन्नत पशुपालनमा बढावा दिने गाउँपालिकाको नीति छ । भौगोलिक बनोटका आधारमा बेमौसमी तरकारी खेती, पुष्पखेती, पशुजन्य उत्पादनमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने गाउँपालिकाले जनाएको छ । बाँदर, दुम्सीलगायत वन्यजन्तुबाट बालीनाली क्षति गर्न नदिन विशेष पहल गरिने भएको छ । गाउँपालिकाले मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने खालका कार्यक्रम ल्याएको छ ।

कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गरी गाउँपालिकालाई आर्थिक विकासको मेरुदण्डका रूपमा विस्तार गर्ने लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले जानकारी दिए ।

प्रकाशित : श्रावण १, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?