भारतमा उद्धार गरिएका ४ बालकलाई स्वदेश ल्याइयो 

माधव ढुंगाना

भैरहवा — भारतको एक बाल कल्याण समितिमा आश्रित चारजना नेपाली बालकलाई प्रवासी नेपाली मित्र मञ्च दिल्लीको सहयोगमा स्वदेश फर्काइएको छ । 

भारतका विभिन्न स्थानबाट उद्धार गरि उत्तरप्रदेशको देवरियास्थित राजकीय बालगृहमा राखिएका ती बालकलाई मञ्चका पदाधिकारीले नेपाल ल्याएर शनिबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जिम्मा लगाएका हुन् ।

Yamaha


रुपन्देहीका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवाली समक्ष मित्र मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालले ती बालकले भारतमा पढ्दै गरेका शैक्षिक प्रमाणपत्र र अन्य विवरण हस्तान्तरण गर्दै जिम्मा लगाएका थिए ।

काठमाडौं कोटेश्वरस्थित सुन्दर बजार घर बताउने बिजय तामाङ्ग, कुसुमघाट घर बताउने राजेश कुमार र घर ठेगाना बताउन नसक्ने सन्तोष र सुमित कुमार नामका बालकलाई नेपाल ल्याइएको हो । उनीहरुलाई आफ्नो घर पुर्‍याउने पहल गर्न भारत सरकारले दिल्लीस्थित नेपाली दुतावासलाई पत्राचार गरेपछि दुतावासले यस बारेमा प्रवासी नेपाली मित्र मञ्चलाई जानकारी गराएपछि स्वदेश फर्काउन पहल गरिएको मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालले बताए ।

मञ्चका अनुसार ११ देखि १४ बर्ष उमेरका ती बालकमध्ये एकजना घरबाट भागेर भारत पुगेका थिए । अन्य भारतकै बिभिन्न सामाजिक संस्थाले भारतबाटै उद्धार गरि बाल कल्याण समितिमा पुर्‍याएका थिए । प्रहरी उपरीक्षक ज्ञवालीले बालकहरुलाई घर पुर्‍याउन पहल गर्ने बताए ।

Esewa Pasal

प्रकाशित : श्रावण ५, २०७५ १२:०८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जुम्लामा गोली चलेको होइन : रक्षामन्त्री पोखरेल 

देवनारायण साह

मोरङ — उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा प्रहरीले गोली नचलाएको दाबी गरेका छन् । 

विराटनगरमा शनिबार पत्रकारसँगको कुराकानीमा मन्त्री पोखरेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोली चलेको झुटो भएको भएको बताए। ‘प्रतिष्ठानमा गोली चलेको समाचार कुन सञ्चारमाध्यमले बाहिर ल्यायो त्यो गलत, दुखद र शतप्रतिशत झुटो हो,’ उनले भने, ‘डा. केसीलाई अपहरणको शैलीमा बल प्रयोग गरेर नभई जीवन रक्षाका लागि काठमाडौं ल्याइएको हो।’

‘कुनै चिकित्सकलाई समातेर लगेको भन्नु पनि वकवास कुरो हो, उहाँहरुलाई बोलाएर छलफलका लागि लगिएको हो।’ पोखरेलले भने। उनले डा. केसीलाई कुनै राजनीतिक स्वार्थको कब्जामा जानुबाट बचाउनु अत्यन्तै जरुरी भएको बताए।

डा. केसीको आन्दोलन गर्ने तरिका सर्वसत्तावादी, अधिनायकवादी भएको भन्दै उनले कुनै एक जना व्यक्तिको भनाईको पछि सरकार लाग्न नसक्ने बताए। ‘डा. केसीलाई कुनै विषय राम्रो लाग्दैमा बिना छलफल दबावमा निर्णय गर्नु गलत हुन्छ र लोकतन्त्रको बिरुद्ध हुन्छ,’ उनले भने।

शिक्षण अस्पतालहरुलाई राष्ट्रियकरण गर्ने फैलाइएको हल्लाको पछि सरकार लाग्न नसक्ने उनले बताए। ‘शिक्षा र स्वास्थ्य जनताका आधारभुत आवश्यकता हुन, ती पूरा हुनुपर्छ,’ उनले भने, ‘अहिलेको अवस्थामा यी विषयहरु कसरी पूरा गर्ने हो त्यतातिर जानुपर्छ। तर यो भन्दा अलग ढंगले गए पूरा हुन सक्दैन।’

शेरबहादुर देउवा नेतृत्वको सरकारले जाँदाजाँदै हतारहतारमा ल्याएको अध्यादेश जस्ताको तस्तै विधेयकको रुपमा ल्याउनु पर्ने भन्नु गलत भएको मनत्री पोखरेलले बताए। ‘देउवा सरकारले ल्याएको अध्यादेश जस्ताको त्यस्तै ल्याउनु पर्ने माग गलत हो,’ उनले भने, ‘हिजोको अध्यादेशलाई अहिले कतिपय विषयहरुमा संशोधन र परिमार्जन गरेर बिधेयकको रुपमा ल्याएका हौं र त्यसमा भएका राम्रा र नराम्रा पक्षको बारेमा सांसदहरुमाझ छलफल हुन्छ।’

संसदले सबै कुरोको फैसला गर्ने भन्दै उनले विधेयक गलत भए प्रक्रियाबाट टुंगिनु पर्ने बताए। ‘कसैको आदेश र फरमानले राज्य व्यवस्था चल्न सक्दैन, कुनै एक व्यक्तिले भनेको कुरो मान्दै गयौं भने देश कहाँ पुग्छ,’ पोखरेलले भने, ‘संसदमा विधेयकमाथि छलफल गरेर गलत विषयहरुलाई सुधार गर्न सकिन्छ तर त्यो ल्याउनै पाउँदैनौं, संसदमा प्रस्तुत गर्न पाउँदैनौं भन्नु नै अधिनायकवाद, सर्वसत्तावाद हो।’

संसदमा छलफलको क्रममा अल्पमत र बहुमत हुन सक्छ तर प्रतिपक्षले ल्याएको उत्कृष्ट संशोधन अल्पमतमा परेपछि जनतामा लग्नुपर्ने उनले बताए।

प्रकाशित : श्रावण ५, २०७५ ११:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT