कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

नगरपालिकामा शतप्रतिशत भर्ना

कान्तिपुर संवाददाता

प्यूठान — प्यूठान नगरपालिकामा विद्यालय जाने उमेरका सबै बालबालिका भर्ना भएको घोषणा गरिएको छ । शैक्षिकसत्र २०७५ मा ५ देखि १२ वर्ष उमेर समूहका सबै बालबाललिका विद्यालय भर्ना भएपछि आइतबार यस्तो घोषणा भएको हो ।

नगरपालिकामा शतप्रतिशत भर्ना

प्यूठान–

नगरपालिकाभित्रका ५२ सामुदायिक, १२ संस्थागत, ६९ बालविकास केन्द्र, ५ सामुदायिक सिकाइ केन्द्र, २ वैकल्पिक सिकाइ केन्द्रको सेवा क्षेत्रका सबै बालबालिका भर्ना भएको जनाइएको छ ।

नगर क्षेत्रमा यस शैक्षिक सत्रमा ११ हजार ५ सय ६७ विद्यार्थी भर्ना भएको प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी गराए । विभिन्न सहयोगी संस्थाको सहकार्यमा नगरपालिकाले अनिवार्य आधारभूत शिक्षामा पहुँचको सुनिश्चितता भएको नगर बनाउने गरी अगाडि बढेको कक्षपतिले बताए । भर्ना अभियानमा नगरपालिकाका सबै वडामा घरदैलो अभियान सञ्चालन गरेकाले सबै बालबालिका भर्ना गराउन सकिएको कक्षपतिको भनाइ छ ।

‘अभियानमा भर्ना हुन नसकेका विद्यार्थीलाई जनप्रतिनिधिले अभिभावकत्व समेत ग्रहण गरेर भर्ना गराएका हौं,’ कक्षपतिले भने, ‘यसले गर्दा पूर्ण भर्ना भएको घोषणा गर्न सम्भव भएको हो ।’ शैक्षिक गुणस्तर बढाउन नगरपालिकाले योजना बनाएर अगाडि बढेको उनले बताए । प्यूठान नगरपालिका ८ स्थित पुण्यखोला क्याम्पसमा गरिएको कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंखर पोख्रेलले शैक्षिक क्षेत्रमा प्यूठान ५ नम्बर प्रदेशमै अगाडि रहेको बताए ।

जिल्लाका सबै स्थानीय तह पूर्ण भर्ना भएको घोषणा गर्ने गरी अगाडि बढ्ने शुभकामना दिए । मुख्यमन्त्री निर्वाचित भएपछि पहिलोपटक प्यूठान आएका पोख्रेलले यहाँको विकासमा आफूले सक्दो योगदान पुर्‍याउन उनले प्रतिबद्धता जनाए । कार्यक्रममा जिल्लावासीको तर्फबाट जिसस अध्यक्ष केशव आचार्यले जिल्लाको समग्र विकास समेटिएको मागपत्र मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित : श्रावण १४, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?