प्रदेश ५
श्रावण १९, २०७५

विकास खोज्दै सांसद

पन्ध्र वर्षे सामुदायिक वन क्षेत्रको अनुभव । २०५७ देखि अहिलेसम्म निरन्तर कमैया मुक्ति आन्दोलनको नेतृत्व । दुवै पद सामाजिक योगदानका लागि । कहिले वन उपभोक्ता समितिका सदस्यका घर त कहिले कमैया खोज्दै जमिनदारका आँगन ।

वन स्थानीय तहमा

उपभोक्ताले सामुदायिक वनलाई स्थानीय सरकार मातहत राख्न आग्रह गरेका छन् । उनीहरूले वन संरक्षणमा रहेका डिभिजन र सवडिभिजन प्रणालीलाई खारेज गर्न माग गरेका हुन् ।

पूर्वसूचनाको अभाव

आकाशमा बादल मडारिन थाल्यो कि बुटवल, हात्तीसुँढकी राधा थापाको शरीर सिरिंग हुन्छ । जसोतसो दिन काट्छन् । रात परेपछि भने छिमेकीकहाँ बास बस्न पुग्छिन् ।

नारामै बिजुली

बाँकेको विकट क्षेत्र बघौडा र राप्तीसोनारी गाउँपालिकामा विद्युतीकरणको राजनीति हुन थालेको दुई दशकभन्दा बढी भयो । निर्वाचनका बेला विद्युतको मद्दा अझ पेचिलो बन्ने गर्छ ।

श्रावण १८, २०७५

खोलाले रोक्यो पढाइ

स्कुल पुग्न घण्टौं पैदल हिँड्नुपर्छ । त्यसमाथि वर्षायाममा बाढी, पहिरो र जंगली जनावर भालुको डर उस्तै । जंगल छिचोलेर हिँड्नु पर्दा नियमित पढाइ छुट्छ । दैनिक कक्षाकोठामा हाजिर भएर पढ्न त हिउँद नै पर्खनुपर्ने बाध्यता छ, शीतगंगा नगरपालिकाको सिद्धारा र सिमलपानीस्थित विक्रमसोताका बालबालिकालाई ।

मनपरी पटके कर

संविधान र प्रदेश सरकारको कानुनविपरीत स्थानीय तहले सडकमा गरालो (ढाट) राखेर सवारी कर असुलिरहेका छन् । तानसेन र रामपुर नगरपालिकाले तीन स्थानमा कर असुल्छन् । अन्य गाउँपालिकाले पनि पटके सवारी कर असुल्दै आएका छन् ।

बालीघरकै भर

राजापुर ५ बदालपुरका प्रकाश विकले ३१ वर्षदेखि फलाम पिट्दै आएका छन् । जिजुबुबाका पालादेखि फलाम पिट्ने उनले अहिले पनि बालिघरे प्रथाअनुसारकै पारिश्रमिक पाएको सुनाए ।गाउँमा रहेका बडघरले फलाम पिट्ने, कपडा सिलाउनेलाई वार्षिक तिहाइ (घरपरिवार हेरेर धान, मकै, गहुँ) संकलन गरिदिने गरेका छन् ।

कुलतमा फस्दै किशोरकिशोरी

नेपाल भारत सीमा जमुनाहा नाकामा लागूऔषध सेवनकर्ता र ओसारपसारमा संलग्न बालबालिका पक्राउ पर्न थालेका छन् । पक्राउ पर्ने अधिकांश २० वर्षमुनिका छन् ।

ADVERTISEMENT

ढकियामा नयाँ सीप

कोहलपुरकी कंग्रेसनी चौधरीले नयाँ–नयाँ डिजाइनका ढकिया बनाउँछिन् । पहिले पनि उनी ढकिया बुन्थिन् तर ती पुरानो ढाँचाका मात्र हुन्थे । गत वर्ष कोहलपुर नगरपालिकाले दिएको ढकिया बुन्ने तालिमपछि चौधरीले नयाँ ढाँचाका बनाउन थालेकी हुन् ।