कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पाल्पा जिप दुर्घटनामा दुई वेपत्ता [अपडेट]

माधव अर्याल

पाल्पा — तानसेनबाट रिब्दीकोट गाउँपालिका ६ ठिमुरे देउराली जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।

पाल्पा जिप दुर्घटनामा दुई वेपत्ता [अपडेट]

बेपत्ता हुनेमा तानसेन नगरपालिका १० तेल्घा गणसालका २५ वर्षीय विवेक पौडेल र ३६ वर्षीय टंक चलाउने (डोल्पाली) रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत भण्डारीले बताए । तनसेनबाट रिब्दीकोट गाउँपालिका ६ ठिमुरेतर्फ बिजुलीको सामान लिएर जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको हो ।


बा १ च ८९७० नम्बरको जिप बेलुकी ६ बजेतिर ठिमुरेको देउराली नजिकै दुर्घटना भएको हो । घटनास्थलमै रहेका विद्युत् वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठका अनुसार बेपत्ताहरूको खोजी जारी छ । जिप सडकभन्दा ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय मुझुङले जनाएको छ ।


सडक चिप्लो, साँघुरो र कच्ची भएकोले दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । रातिको समयमा डोजरको टोचनले दुर्घटनाग्रस्त जिप निकाल्न नसक्दा दुवैको अवस्था थाहा हुन सकेको छैन । ‘बिहान उज्यालो हुनासाथ खोजी र उद्धारको काम हुनेछ,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘अहिले भीरबाट ढुंगासमेत खसिरहेकाले समस्या भएको छ ।’

प्रकाशित : श्रावण १९, २०७५ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?