कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

महिला बन्धक प्रकरण : चार अभियुक्त पक्राउ

कान्तिपुर संवाददाता

बर्दिया — नेपाली चेलीलाई रोजगारको प्रलोभन देखाई बनारसमा बन्धन बनाउने ४ अभियोगीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

महिला बन्धक प्रकरण : चार अभियुक्त पक्राउ

बनारस प्रहरीका क्षेत्राधिकारी अभिनव यादवको नेतृत्वमा गएका ८ सुरक्षा अधिकारीले दिल्लीबाट ३ दिनअघि नेपाली र भारतीयलाई पक्राउ गरिएको हो । भारतीय प्रहरीका अनुसार नेपाल–भारत दुवै प्रहरीको सर्वाधिक खोजीमा रहेकी सुन्दरी भनिने भारत पश्चिम बंगाल जलपाइगुडीकी दीपिका थापा, काठमाडौंका सविन शाह, गाजीपुर भारतका राजेन्द्र यादव र दिल्लीका पवन खुराना पक्राउ परेका हुन् । प्रहरीको खोजीमा रहेका सन्दीप भन्ने सञ्जीव महत भने अझै फरार छन् ।

पक्राउ परेकालाई महानगरीय न्यायालय बनारसमा स्थान्तरण गरिएको छ । अप्रेसनकै क्रममा बर्दियाका प्रजिअ रामबहादुर कुरुम्बाङको सक्रियतामा नेपाली सुरक्षाकर्मीको टोली बनारस पुगेको थियो । दिल्ली पुर्‍याएका मध्ये ५५ जनालाई केही दिनअघि उद्धार गरिएको थियो । दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर एसएसपी पुरुषोत्तम कँडेलले उद्धार गरिएका नेपाली महिलामध्ये केहीले पक्राउ गरिएका दलालविरुद्ध मुद्दा दायर गर्न नमानेको बताए । बर्दियाका २ महिला भागेर आएपछि नेपाली महिला बन्धक बनाइएको रहस्य खुलेको थियो ।

प्रकाशित : श्रावण २०, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?