पाल्पा जिप दुर्घटना : वेपत्ता दुवैको शव भेटियो 

माधव अर्याल

पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरे देउरालीमा जिप दुर्घटना हुँदा वेपत्ता दुई जनाको शव फेला परेको छ । पाल्पाको तानसेन नगरपालिका–१० तेल्घा गणसालका २६ वर्षीय विवेक पौडेल र ३६ वर्षीय टंक चलाउने (डोल्पाली) को पहिरो र सोही सवारी साधनले च्यापिएको अवस्थामा आइतबार शव फेला परेको हो ।

पाल्पा जिप दुर्घटना : वेपत्ता दुवैको शव भेटियो 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेनबाट रिब्दीकोट गाउँपालिका देउरालीमा बिजुलीको सामान लिएर गएको बा १ च ८९७० नम्बरको जिप शनिबार दिउँसो ४ बजे दुर्घटना हुँदा दुवै जना वेपत्ता भएका थिए ।


राति अबेरसम्म खोजी जारी राखेपनि पानी परेकाले समस्या भएको थियो । दुर्घटनाग्रस्त जीप सडकभन्दा ६० मिटर तल भीरमा खसेको र सोही भीरमा माथिबाट पहिरोले च्यापिएर दुवैको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । खोल्सामा मोड रहेको र सोही मोड नकटेर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । सेना, प्रहरी, सशस्त्र र स्थानीयको सहयोगमा पहिरो र खोल्साबाट शव निकालिएको थियो ।

सेनानी मनोज डंगोलका अनुसार सुरक्षाकर्मीले टोचनको सहायतामा शव निकाल्न सकिएको बताए । शनिबार दिउँसो ४ बजेदेखि सवारी साधनसहित वेपत्ता भएकाको खोजी कार्य रातभर भएपनि बिहान मात्र पहिरो र सवारी साधन पन्छाएपछि मात्र शव फेला परेको थियो ।

प्रकाशित : श्रावण २०, २०७५ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?