ग्वारखोलाको बाढीले बस पल्टायो

दुई यात्रु घाइते, सबैको सकुशल उद्धार
दुर्गालाल केसी

दाङ — घोराही–तुलसीपुर सडकखण्डको ग्वारखोलामा आइतबार बेलुका बाढीले एक यात्रुबाहक बस पल्टाएको छ । 

ग्वारखोलाको बाढीले बस पल्टायो

धनगढीबाट तुलसीपुरतर्फ जाँदै गरेको बस बाढीमा जबरजस्ती चलाएपछि पल्टिएको हो । दुर्घटनामा दुई यात्रु घाइते भएको र अन्य सबै यात्रुको सकशुल उद्धार गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले बताए ।


बसमा १५/१६ जना यात्रु रहेकोमा सबै सुरक्षित रहेको उनले बताए । गाडी पानीमा डुबेका कारण नम्बर थाहा हुन नसकेको उनले जानकारी दिए ।


वर्षाका कारण जिल्लाका विभिन्न खोलाहरुमा आएको बाढीले दिनभरजसो लमही–घोराही–तुलसीपुर सडकमा यातायात प्रभावित भएको थियो ।


ठूला गाडीहरु सञ्चालन भए पनि साना गाडी र मोटरसाइकल पार गर्न कठिन भएको थियो । लमही–घोराही–तुलसीपुर सडकखण्डका बिभिन्न खोलाहरुमा पुल समयमै निर्माण नहुँदा वर्षात्को समयमा यात्रा जोखिमपूर्ण हुने गरेको छ ।

प्रकाशित : श्रावण २०, २०७५ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?