१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नेपालगन्जमा ५६ वटा सिसिटिभी क्यामरा जडान 

ठाकुरसिंह थारु

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न १६ स्थानमा ५६ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ । 

नेपालगन्जमा ५६ वटा सिसिटिभी क्यामरा जडान 

सर्वसाधारणहरुलाई सुरक्षित महसुश गराउन सिसिटिभी क्यामरा जडान गरिएको हो ।


औद्योगिक सहरको रुपमा रहेको नेपालगन्जलाई सुरक्षा प्रणालीसँग जोडेर सुरक्षित महसुश गराउन आधुनिक सुरक्षा प्रणाली अपनाएको नेपालगन्ज सिसिटिभी व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यले बताए ।


समितिले ३३ लाख ९७ हजार २ सय ६८ रकम खर्च गरेर सिसिटिभी जडान गरेको हो । क्यामेरा जडानका लागि ४५ लाख ७६ हजार १ सय संकलन भएको थियो । बाँकी रकम मर्मतसम्हारका लागि खर्च गरिने समितिले जनाएको छ ।


ससिटिभी क्यामराको अनुगमन जिल्ला प्रहरी कार्यालबाट हुने छ ।

प्रकाशित : श्रावण २१, २०७५ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?