प्रदेश ५

Pradesh-5

गोठमै पठनपाठन

यहाँस्थित एक विद्यालयमा भर्ना भएका छात्रछात्रा गोठमा पढ्दै आएका छन् । भवन अभावमा पुथाउत्तरगंगा गाउँपालिका ५ उज्र्याङको बालकल्याण आधारभूत विद्यालयका बालबालिका गोठमा पढ्ने गरेका हुन् ।

गोठमै पठनपाठन

प्रदेश मन्त्रिपरिषद् समिति गठन

प्रदेश ५ को सरकारले प्रदेश मन्त्रिपरिषद् समिति बनाउने निर्णय गरेको छ । समितिअन्तर्गत तीन छुट्टाछुट्टै समिति हुनेछन् । समितिले सरकारलाई सल्लाह सुझाव दिनेछन् ।

प्रदेश मन्त्रिपरिषद् समिति गठन

प्रहरी–स्थानीय सहकार्य

प्रहरीसँग सहकार्य गर्दै सीमावर्ती बेलहियावासीले सञ्चालन गरेको लागूपदार्थ नियन्त्रण अभियान प्रभावकारी बनेको छ । अभियानपछि लागूपदार्थ सेवन र खरिद गर्न भारतीय सीमासम्म पुग्ने नेपाली दुव्र्यसनीको संख्यामा पनि कमी आएको छ ।

प्रहरी–स्थानीय सहकार्य

गुरुयोजनाको गुरुमन्त्र

गुरुयोजना लागू भएको ४० वर्षपछि लुम्बिनी विकास कोष पूरा गर्ने चटारोमा देखिएको छ । मुलुकभित्र टुक्रे ठेक्कामा काम सञ्चालन गर्दा सफलता नमिलेको भन्दै गुरुयोजना पूरा गर्न ग्लोबल टेन्डरको तयारी गरेको छ ।

गुरुयोजनाको गुरुमन्त्र

भाषा शुद्धीकरणको सहर

घोराहीलाई भाषा शुद्धीकरणको नमुना सहर बनाउने अभियान थालिएको छ । यसका लागि सार्वजनिक ठाउँमा टाँगिएका साइनबोर्ड र होर्डिङ बोर्डको भाषा सच्याउन लागिएको हो । घोराहीस्थित सर्वोदय पुस्तकालय तथा वाचनालयले भाषाविज्ञको एक टोली बनाएर सुधार्ने अभियान थालेको छ ।

भाषा शुद्धीकरणको सहर

भवन प्रयोगबारे अन्योल

सदरमुकाम लिबाङमा निर्माण गरिएको अत्याधुनिक भवन कसले प्रयोग गर्ने भन्नेबारे अन्योल भएको छ । मूलपानीस्थित भवन तीन करोड रुपैयाँको लागतमा बनेको हो ।

भवन प्रयोगबारे अन्योल
श्रावण २३, २०७५

सरकार व्यवस्थापनमा सहयोग गर्ने संस्थालाई आर्थिक अनुदान दिने प्रदेश सरकारको निर्णय

प्रदेश ५ को बुधबारको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार र प्रदेशसभा सचिवालय व्यवस्थापनका लागि भौतिक पूर्वाधार सहयोग गर्ने संघसंस्थालाई आर्थिक सहयोग अनुदान दिने निर्णय गरेको छ ।

सरकार व्यवस्थापनमा सहयोग गर्ने संस्थालाई आर्थिक अनुदान दिने प्रदेश सरकारको निर्णय

सुत्केरी व्यथा लागेको तीन दिनपछि अस्पताल पुर्‍याइयो

सुत्केरी व्यथा लागेको तीन दिनपछि एक गर्भवती महिलालाई अस्पताल पुर्‍याइएको छ । पुथाउत्तरगंगा गाउँपालिका–६, मयाङकी १९ वर्षीया मानिका दमाइलाई तीन दिनपछि अस्पताल पुर्‍याइएको हो ।

सुत्केरी व्यथा लागेको तीन दिनपछि अस्पताल पुर्‍याइयो

८ वर्षमा सकिएन पुल

सरावल गाउँपालिका ६ स्थित खोलामा पुल निर्माण सुरु गरेको आठ वर्ष पूरा भयो । वर्षायाममा डुंगा चढेर वारपार गर्नुपर्ने बाध्यता अहिले पनि उस्तै छ । स्थानीयले दुई/तीन वर्षभित्र पुल बन्ला र मोटर चढौंला भन्ने ठानेका थिए ।

८ वर्षमा सकिएन पुल

केन्द्र बनेपछि बाहानेमा भीडभाड

पहिले बाहाने बजारमा चहलपहल नै हुँदैनथ्यो । लुङखोला क्षेत्रवासीलाई सरकारी कामकाजका लागि बिजुवार वा खलंगा जानुपथ्र्यो । नुन–तेल, लत्ताकपडा मात्र बाहानेमा किनेर घर फर्किन्थे । अहिले नौबहिनी ६ बाहानेमा गाउँपालिका केन्द्र भएपछि बजार फेरिएको छ ।

केन्द्र बनेपछि बाहानेमा भीडभाड

विवाह दर्ता शुल्कमा मनपरी

विवाह गरेको ३५ दिनभित्र दर्ता नि:शुल्क हुने कानुनी व्यवस्था छ । ३६ दिनपछि दर्ता गर्न आउनेलाई स्थानीय तहले आफ्नै ढंगले शुल्क लिने गरेका छन् । पुरानो संरचनामा भन्दा संघीयमा दर्ता शुल्क बढी छ ।

विवाह दर्ता शुल्कमा मनपरी