प्रदेश ५

Pradesh-5

कर्णाली तटीय क्षेत्रमा उच्च सर्तकता

आइतबारदेखि परेको अविरल वर्षासँगै बर्दियाबाट बग्ने कर्णाली नदीमा आएको बाढीले राजापुर नगरपालिकाको दौलतपुर डुबानमा परेको छ ।

कर्णाली तटीय क्षेत्रमा उच्च सर्तकता

जीप दुर्घटनामा १ को मृत्यु

सोमबार बिहान दक्षिण रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुन्टीगढी गाँउपालिका–१ जेदबाङस्थित बिसुनधारा गाँउ नजिकैको सडकबाट लु १ च ९३९४ नम्बरको खस्दा बिहान करिब साढे ११ बजेतिर उक्त दुर्घटना भएको हो । 

जीप दुर्घटनामा १ को मृत्यु

मुलुकमा टिक्दैनन् युवा

बुटवल सुख्खानगरका २८ वर्षीय कृष्ण पौडेलले नेपालीमा स्नातकोत्तर गरेका छन् । पढ्दै गर्दा केही वर्ष निजी स्कुल पढाए । त्यसबाट आउने १० हजार तलबले घरखर्च चलेन । जागिर छाडेर कोरिया जाने तयारीमा भाषा सिकिरहेका छन् ।

मुलुकमा टिक्दैनन् युवा

पशुलाई सुत्केरी भत्ता

तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी महिलालाई ५ हजार रुपैयाँ भत्ता दिन थालेको एक वर्ष बित्यो । सरकारले पनि नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराए भत्ता दिने गरेको छ तर पशुलाई भने कसैले पनि भत्ता दिने गरेका छैनन् ।

पशुलाई सुत्केरी भत्ता

भुइँकटहरबाट मनग्ये आम्दानी

जिल्लाको दक्षिणी भेगका बासिन्दाले भुइँकटहर बिक्री गरेर मनग्ये आम्दानी गर्छन् । कोलडाँडा, गोठादी, झुम्सा, मस्याम, ठिमुरे, कचललगायत गाउँवासीले यसको बिक्रीबाट वार्षिक ३ लाख रुपैयाँसम्म कमाउँछन् ।

भुइँकटहरबाट मनग्ये आम्दानी

लामखुट्टे मार्ने धूवाँ

सदरमुकामवासीले गुनासो गरेपछि कपिलवस्तु नगरपालिकाले लामखुट्टे मार्ने अभियान नै चलाएको छ । वर्षात्मा पानीको निकास नहुँदा बजारमा लामखुट्टेको बिगबिगी छ ।

लामखुट्टे मार्ने धूवाँ

जेब्राक्रसिङमा फलामे बार

नेपालगन्ज–कोहलपुर चार लेन सडकमा पैदल यात्रुका लागि बाटो काट्न सेतो रंगले ‘जेब्राक्रस’ बनाइएको छ । तर, त्यहाँबाट सडक पार गर्न सहज छैन । सडक पार गरेपछि अर्को छेउको पेटीमा पुग्न झन्झट हुन्छ ।

जेब्राक्रसिङमा फलामे बार
श्रावण २७, २०७५

डुबेर दुईको मृत्यु

दाङमा खोलामा डुबेर दुईजनाको ज्यान गएको छ । ग्वार खोला तर्ने क्रममा बगेर तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँका ४५ वर्षीय पर्शुराम चौधरीको मृत्यु भएको ईलाका प्रहरी तुलसीपुरले जनाएको छ । 

डुबेर दुईको मृत्यु

पहिरोको जोखिममा सिंगो गाउँ

गाउँको माथिल्लो भागबाट खसेको पहिरोले रम्भा गाउँपालिका १, हुँगीमा सिंगो बस्ती जोखिममा परेको छ । जंगल र ठाडो भीरमा धेरै घुम्ती बनाएर खनेको मोटरबाटोले सिंगो बस्तीलाई जोखिम निम्त्याएको हो ।

पहिरोको जोखिममा सिंगो गाउँ

लक्षित बजेट खोज्दै महिला

स्थानीय तहले लक्षित वर्गअन्तर्गत महिलाका लागि छुट्टै बजेट विनियोजन गरेपछि घरधन्दामा व्यस्त मधेसी समुदायका महिला आफ्ना लागि आएको बजेट खोज्न थालेका छन् ।स्थानीय तह र वडामा महिलाले बजेटमा चासो राख्न थालेका हुन् ।

लक्षित बजेट खोज्दै महिला

निर्माणको दुई सातामै भत्काइयो ढल निकास

वर्षाको पानी निकासका लागि बनाइएको पक्की ढल हस्तान्तरण भएको दुई साता नबित्दै भत्काइएको छ । बढैयाताल गाउँपालिका १, मदनचोकमा १ सय ८० मिटर लामो पक्की नालाबाट पानी निकास नहुने भन्दै स्थानीयले विरोध गर्दै आएका थिए ।

निर्माणको दुई सातामै भत्काइयो ढल निकास