कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जीप दुर्घटनामा १ को मृत्यु

काशीराम डाँगी

रोल्पा — सोमबार बिहान दक्षिण रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुन्टीगढी गाँउपालिका–१ जेदबाङस्थित बिसुनधारा गाँउ नजिकैको सडकबाट लु १ च ९३९४ नम्बरको खस्दा बिहान करिब साढे ११ बजेतिर उक्त दुर्घटना भएको हो । 

जीप दुर्घटनामा १ को मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र धमलाका अनुसार जेलबाङको लिबाङी आँपदेखि होलेरीतिर जाँदै गरेको उक्त जीप सडकबाट ३० मिटर तल खसेको हो । जीपमा सवारमध्ये १ जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले मृत्यु हुनेमा एक बालिका रहेको जनाएको छ । जीपमा सवार र घाइतेको संख्या र अवस्थाबारे जानकारी आइनसकेको धमलाले बताए ।


जेलबाङ घर भएका पत्रकार माधव वलीले कच्ची सडक हुदै होलेरी जाँदै गरेको उक्त जीप वर्षाका कारण सडक भत्केकाले दुर्घटनामा परेको बताए । घटनाबारे जानकारी पाएपछि होलेरीस्थित इलाका प्रहरी कार्यालयबाट उद्धार गर्न प्रहरी टोली घटनास्थलतिर हिडेको छ । उक्त स्थान होलेरीदेखि तीन घन्टा उत्तरमा र सदरमुकाम लिबाङदेखि ५ घन्टा दक्षिणमा पर्छ । मृतक र घाइतेलाई होलेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइने प्रहरीले जनाएको छ । अघिल्लो महिनामा वर्षाकै कारण पहिरो जाँदा उक्त गाँउपालिकाको सैबाङमा सुत्केरी महिलासहित तीन जनाको मृत्यु भएको थियो ।


रोल्पामा केही दिन यता निरन्तर वर्षा भइरहेकाले भित्री गाँउ जाने सडक बिग्रेका छन् । वर्षाले भत्केका सडकमा पहिरो समेत खसेकाले यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ । वर्षा निरन्तर भइरहेकाले कच्ची सडकबाट यात्रा गर्दा र घरमै बसेका बेलामा समेत सचेतता अपनाउने बारे स्थानीय प्रशासनले सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए ।

प्रकाशित : श्रावण २८, २०७५ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?