२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

कर्णाली तटीय क्षेत्रमा उच्च सर्तकता

राजापुरको सुकुम्बासी वस्तीमा बाढी पस्यो,दर्जन घर डुबानमा 
कान्तिपुर संवाददाता

बर्दिया — आइतबारदेखि परेको अविरल वर्षासँगै बर्दियाबाट बग्ने कर्णाली नदीमा आएको बाढीले राजापुर नगरपालिकाको दौलतपुर डुबानमा परेको छ ।

कर्णाली तटीय क्षेत्रमा उच्च सर्तकता

बाढीले करिब एक दर्जन घर डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ ।


डुबानमा परेका दौलतपुरस्थित सुकुम्बासी गाउँका बासिन्दा छिमेकीको घर आश्रय लिएका छन् । जलस्तर बढ्दै गएका कारण बाढीले दौलतपुर हुँदै राजापुर बजार क्षेत्र डुबानको जोखिममा परेको छ । दौलतपुरका अन्य घरमा बाढीको पानी पसेको स्थानीयले जनाएका छन् ।


कर्णालीमा जलस्तर बढने क्रम जारी छ । स्थानीय प्रशासनले कर्णाली, गेरुवा र कैलालीको टिकापुर तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आह्वान गरेको छ । जलस्तर बढ्दै गएकोले कर्णाली तटीय क्षेत्रका बासिन्दालाई क्षेत्रका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले सर्तक रहन आह्वान गरेको छ ।


कर्णाली नदीमा जलस्तर वार्निङ लेबल १० मिटर पार गरेकोले सर्तक रहन राजापुर र गेरुवा नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङम्बाङले बताए । कर्णाली र गेरुवा तटीय क्षेत्रमा बाढी आउने सम्भावानालाई मध्यनजर राख्दै सेना,प्रहरी लगायत सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न प्रशासनले निर्देशन दिएको छ ।


पहाडी जिल्लामा अविरल वर्षा भई रहेकोले जलस्तर बढ्दै गएको छ । सोमबार बेलुकीसम्म कर्णालीमा १० दशमलव ५ मिटर माथि जलस्तर बगी रहेको छ । कर्णालीमा १० मिटर जलस्तर नाघेकोले बाढीको उच्च जोखिम मानिन्छ प्रजिअ कुरुम्बाङले भने,‘कर्णाली र गेरुवा नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन भनिएको हो ।’


कर्णाली नदीको जलमापन केन्द्र कैलालीको चिसापानीमा रहेको छ । बबई नदीको जलमापन केन्द्र बर्दियाको चेपाङमा राखिएको छ । ती जलमापन केन्द्रले जलस्तर बढ्दै वा घट्दै गएको जानकारी स्थानीय प्रशासन, प्रहरी, समूदाय, रेडक्रस लगायतलाई दिने गरेको छ । सदरमुकाम गुलरियामा चेपाङको जलमापन केन्द्रले संकेत दिएको ५ घण्टाभित्र जलमग्न हुने गर्छ । चिसापानी केन्द्रले बाढीको संकेत दिएको चार घण्टामा राजापुर आसपासका क्षेत्र डुबान हुने गर्छ ।


बबई नदीमा जलको बहाव बढेको छैन । सदरमुकाम गुलरियामा ८ मिटर माथि बाढीको खतरा मानिन्न्छ । अहिले पानीको बहाव ६ मिटर रहेको छ । पहाडी जिल्ला दाङ र सल्यानमा अविरल वर्षा नभएकोले जोखिम छैन ।


०७१ साल साउनको अन्तिम साता बबई नदीमा आएको बाढील धनजनको क्षति पुराएको थियो । ३२ जनाको ज्यान जानुका साथै करिब ९० हजार जनसंख्या बाढीबाट प्रभावित भएका थिए । ०७४ मा बबईमा आएको बाढीले ४ जनाको ज्यान जानुका साथै ४० हजार बासिन्दा प्रभावित भएका थिए ।

प्रकाशित : श्रावण २८, २०७५ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?