बसमा एसिड प्रहार, एक घाइते

अमृता अनमोल

बुटवल — रुपन्देहीको तिलोत्तमामा बन्दकर्ताले बसमा एसिड प्रहार गर्दा एक जना घाइते भएका छन् । बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले तिलोत्तमामा बसमा एसिड प्रहार गरेका हुन् ।

बसमा एसिड प्रहार, एक घाइते

लु १ ख ६६२१ को बसमा एसिड हान्दा यात्रु रेशम थापा घाइते भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।


पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मालगायत नेता, कार्यकर्ता पक्राउको विरोधमा नेकपाले मंगलबार बन्दको आह्वान गरेको हो । बन्दका कारण जिल्लाका राजमार्गहरुमा सवारी साधन कम चलेका छन् भने शिक्षण संस्था तथा बजारसमेत खुलेका छैनन् ।


जिल्लाका विभिन्न क्षेत्रमा विस्फोटक पदार्थ भेटिएको प्रहरीले बतायो । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सैनामैनास्थित तुल्बुलीया पुलमा मंगलबार बिहानै विस्फोटक पदार्थ भेटिएको छ ।


सोमबार साँझ बुटवलको भारतीय पेन्सन क्याम्पमा पनि विस्फोट गराइएको थियो ।


फेला परेका विस्फोटक पदार्थ सुरक्षाकर्मीले डिस्पोज गरेका छन् भने बुटवल, तिलोत्तमा, देवदहलगायत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २९, २०७५ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?