सडकमा शंकास्पद वस्तु भेटियो

गिरुप्रसाद भण्डारी

प्यूठान — विप्लव समूहले मंगलबार गरेको बन्दका कारण प्यूठानमा जनजीवन प्रभावित भएको छ । बिहानै देखि लामा तथा छोटा दूरीका गाडी चलेका छैनन् । बजार, पसल, विद्यालय सबै ठप्प छन् ।

सडकमा शंकास्पद वस्तु भेटियो

जिल्लाको बजार क्षेत्र जिबुवार बाग्दुलामा मोटारसाइकल फाटफुट रुपमा चलेका छन् ।


प्यूठान भालुबाङ सडक खण्डको सरुमारानी गाउँपालिका–४ मान्द्रेमा दिउँसो शंकास्पद वस्तु भेटिएको छ । प्रहरीले गाडी स्कर्टिङ गरेर ल्याउन खोज्दा सडकमा शंकास्पद वस्तु देखेको थियो ।


उक्त वस्तुलाई निष्क्रिय बनाउन सेनाको टोली जादै गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले बताए ।

प्रकाशित : श्रावण २९, २०७५ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?