उखु किसान अनशनमा

कान्तिपुर संवाददाता

कपिलवस्तु — माग पूरा नभएको भन्दै उखु किसान बुधबार अनिश्चितकालीन अनशनमा उत्रिएका छन् । सरकारले कृषकलाई दिने घोषणा गरेको अनुदान पाउनुपर्ने माग गर्दै इलाका प्रशासन चन्द्रौटाअगाडि उनीहरू अनशन बसेका हुन् ।

उखु किसान अनशनमा

कृषक अनुपकुमार चौधरी, रामबहादुर रायमाझी, रामप्रकाश चौधरी, हरिनारायण चौधरी र बलराम पाण्डे अनशनमा बसेका छन् ।

आव ०७१/७२ मा सरकारले प्रतिक्विन्टल २५ रुपैयाँका दरले उखु किसानलाई अनुदान दिने घोषणा गरे पनि अहिलेसम्म नपाएको उनीहरूको गुनासो छ । ‘पटक–पटक सरकारको ध्यानाकर्षण गर्‍यौं,’ कृषक हरिरामले भने, ‘तीन वर्ष भइसक्दा पनि नपाउँदा बाध्य भएर अनशन बस्नुपर्‍यो ।’ ९ लाख ५२ हजार ९ सय ५६ क्विन्टलको २ करोड ३८ लाख २३ हजार ९ सय रुपैयाँ अनुदान पाउनुपर्ने कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताए ।

मुलुकभरिका कृषकले अनुदान पाइसकेको र आफूहरूलाई मात्र सरकारले नदिएकाले बाध्य भएर अनशन बस्नुपरेको उनले बताए । ‘सुरुमा जवाभारीमा रहेको महालक्ष्मी सुगर मिलले उखुको कागजपत्र पठाउन ढिलो गरेको भनियो,’ उनले भने, ‘पछि काजगपत्र पठाए पनि अझसम्म अनुदान रकम दिइएको छैन ।’ ०७३ भदौ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले उखु किसानलाई अनुदान रकम दिने निर्णय गरेको थियो ।

प्रकाशित : श्रावण ३१, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?