पाल्पा कारागारका कैदीबन्दी आन्दोलनमा  

माधव अर्याल

पाल्पा — कारागारका चौकीदार, नाइके, भाई नाइके लगायत चारजनाको सरुवा माग गर्दै  जिल्ला कारागार पाल्पाका कैदीबन्दी आन्दोलित भएका छन ।

पाल्पास्थित जिल्ला कारागार । तस्बिरः माधव। कान्तिपुर

कैदीबन्दीले मुल नाइके लक्ष्मण चौधरी, चौकीदार विश्वास गुरुङका साथै देवनारायण ढुंगाना र लोकबहादुर खाँडको सरुवाको माग गरेका हुन् ।

Yamaha


यस्तै, बिहीबार बिहान कैदीबन्दीबीच भएको झडपमा दुई जना सामान्य घाइते समेत भए । कारागारका चौकीदार समूह र अन्य पक्षबीच झडप भएको हो । झडपमा कैदीबन्दी सन्तोष नेपाली र अर्जुन घिमिरे सामान्य घाइते भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारका चौकीदारलगायत चार जनाले अन्यलाई हेपेको, दमित गरेको, पाउने रकम नदिएको लगायतका माग उनीहरुले राखेका छन ।

कैदीबन्दीका अनुसार लामो समयदेखि चौकीकार लगायत चार जनाको समूहले कारागारभित्रै लागूऔषध भित्र्याउने गरेका छन् । ब्राउनसुगर, गाँजा, सुईजन्य, डाइजोपम, नर्फिन लगायतसमेत भित्रिने गरेको छ । तर कारागार प्रशासन, त्यहाँ कार्यरत सुरक्षाकर्मीले यस विषयमा कुनै वास्ता नगरेको कैदीबन्दीको आरोप छ ।

कैदी बन्दी लक्ष्मण रायमाझीले सरकारले उपलब्ध गराएको सेवा सुविधा समेत कारागार प्रशासनसँगको मिलेमतोमा चौकीदार र नाइकेले नदिएको बताए ।

प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले कैदीबन्दीले विविध माग राखेर आन्दोलनमा उत्रिदा सामान्य झडप भएको बताए । उनले दुई पक्षबीच झडप भएको बताए ।

प्रमुख जिल्ला अधिकारी मनोहर खनालले बन्दीहरुले उठाएको विवादका विषयमा गम्भीर भएर छानबिन गरिने बताए ।

जिल्ला कारागार प्रशासन प्रमुख भक्तिसरा रानाले चौकीदार र नाईकेहरु लक्ष्मण चौधरी, विश्वास गुरुङ, देवनारायण ढुंगाना र लोकबहादुर खाँडलाई प्रहरीको थुनुवा कक्षमा राख्ने बताइन् ।

Esewa Pasal

प्रकाशित : श्रावण ३१, २०७५ १४:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मुलुकी ऐेनको व्यवस्था : बिरामीले उपचार पाउला कि डाक्टरले सजाय ?

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबारदेखि मुलुकी अपराध (संहिता) ऐन लागु हुँदै छ । एक वर्षअघि पारित भएको उक्त ऐनका केही प्रावधानले आफुहरुलाई अपराधीलाई जस्तो व्यवहार गर्ने भन्दै डाक्टरहरुले असन्तुष्टि जनाएका छन् । 



नेपाल चिकित्सक संघले केही दिन अघि प्रेस बक्तव्यमार्फत चिकित्सकलाई अपराधी जस्तो व्यवहार गर्ने कानुन नसच्याएमा एप्रोन र नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र काउन्सिललाई नै बुझाउन बाध्बय हुने बताएको छ।

उपचार र चिकित्सकका बारेमा उक्त ऐनका व्यवस्था हामीले जस्ताका तस्तै राखिदिएका छौं :

नेपाल चिकित्सक संघले साउन २८ गते जारी गरेको विज्ञप्ति:


प्रकाशित : श्रावण ३१, २०७५ १४:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT