कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

गाडी चाेरेको आरोपमा सशस्त्रका हवलदारसहित ३ पक्राउ

नवीन पौडेल

परासी — केही दिन अगाडि सुनवलबाट हराएको स्कारपियो गाडी चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका एक वरिष्ठ हवलदारसहित तीनजनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाडी चाेरेको आरोपमा सशस्त्रका हवलदारसहित ३ पक्राउ

एक साताअघि सुनवल बजारबाट बा १५ च २१०४ नम्बरको स्कारपियो गाडी चोरी भएको थियो ।


पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल गण पश्चिम नवलपरासी नम्बर २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरी, बुटवल उपमहानगरपालिका–१३ बेलवासकी जानकी बराल र रुपन्देही सैनामैना नगरपालिका–३ का दिलिप बोहोरा छन् ।


पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडा घर भएका हवल्दार चौधरीले चोरी भएको गाडी घरमा लुकाएर राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।


सवारी खोजी गर्ने क्रममा प्रहरी बुटवल, नवलपरासी र भारतीय नाकामा मोटर ग्यारेजमा ग्राहक बनेर अनुसन्धान गरेको थियो ।


प्रहरी जवान ग्राहक बनेर ग्यारेज जाँदा सैनामैनाका दिलिप बोहाराले आफूसँग स्कारपियो गाडी भएको बताएका थिए । सवारी देखाउनका लागि बोहराले प्रहरीलाई लिएर बर्दघाटस्थित चौधरीको घरमा पुगेका थिए ।


सातादिनसम्म पनि गाडी विक्री नभएपछि चौधरीले नेपाली नम्बर झिकेर भारतीय नक्कली बिल बुक बनाएका थिए ।


बीआर २२ एन ०९८८ नम्बरको नक्कली स्कोरपियोको भारतीय बिल बुक बनाएर भारतमा विक्री गर्ने तयारी थियो । चोरीमा संलग्न तीनै जनालाई कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ३१, २०७५ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?