१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३
प्रदेश ५

Pradesh-5

नयाँ संहिताले दाङमा उत्साह, झाँकी र बाजागाजासहित स्वागत

शुक्रबारदेखि लागू भएको नयाँ देवानी र अपराध संहिताले सबैतिर उत्साह ल्याएको छ । उच्च अदालत तुलसीपुर, दाङ देउखुरी जिल्ला अदालत र तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरमा बाजागाजा र बिभिन्न साँस्कृतिक झाँकीसहितको र्‍याली गरी संहिताबारे प्रचारप्रसार र स्वागत गरेका छन् ।

नयाँ संहिताले दाङमा उत्साह, झाँकी र बाजागाजासहित स्वागत

गाउँभरि माछा रेस्टुरेन्ट

तराईका जिल्लामा माछापोखरी देखिनु सामान्य हो । ती पोखरीमा उत्पादन भएका माछा सहर र राजमार्गका होटल, रेस्टुराँमा खपत हुन्छन् । तर, यहाँस्थित छपिया माछा उत्पादन मात्र होइन थरीथरीका परिकारका लागि प्रसिद्ध बनिरहेको छ ।

गाउँभरि माछा रेस्टुरेन्ट

ऐन र कार्यविधि बनेनन्

प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत झन्डै दुई दर्जन कानुन निर्माण गर्नुपर्नेछ । कार्यविधि र कानुन अभावले गत वर्ष बजेट खर्च भएन । चालु वर्षको पहिलो महिना सकिँदा पनि कानुन र कार्यविधि नबन्दा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय समस्यामा परेको छ ।

ऐन र कार्यविधि बनेनन्

कारागारको झडपमा २ घाइते

जिल्ला कारागारको झडपमा २ कैदीबन्दी घाइते भएका छन् । कारागारका चौकीदार, नाइके, भाइ नाइकेलगायत चार जनाको सरुवा माग गर्दै भएको आन्दोलनमा झडप भएको थियो ।

कारागारको झडपमा २ घाइते

रोजाइमा पार्लर र बुटिक

माया चौधरी पार्लरबाट मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्छिन् । विवाह तथा चाडपर्वको सिजनमा अझै बढी हुन्छ । डेढ वर्षअघि पार्लर खोलेकी माया आफ्नो व्यवसायबाट औधी सन्तुष्ट छिन् । १ लाख ५० हजार लगानीबाट पार्लर सुरु गरेको उनले बताइन् ।

रोजाइमा पार्लर र बुटिक
श्रावण ३१, २०७५

शनिबार पनि प्रशासन खुल्ने

जिल्ला प्रशासन कार्यालयले भदौ २ गतेदेखि शनिबार पनि सेवा दिने जनाएको छ । शनिबार बिहान ११ देखि दिउँसो २ बजेसम्म सेवा प्रदान गर्ने तयारी छ ।

शनिबार पनि प्रशासन खुल्ने

गाडी चाेरेको आरोपमा सशस्त्रका हवलदारसहित ३ पक्राउ

केही दिन अगाडि सुनवलबाट हराएको स्कारपियो गाडी चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका एक वरिष्ठ हवलदारसहित तीनजनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाडी चाेरेको आरोपमा सशस्त्रका हवलदारसहित ३ पक्राउ

फरक क्षमता भएकाकै सहारा

स्याङ्जाका सन्दीप नेपालीको जन्मिँदै कम्मरमुनिको भाग चलेन । आमाको निरन्तर खटनमा हुर्किंदै थिए । तर, उनी चार वर्ष नपुग्दै आमाको मृत्यु भयो । छोराको स्याहार र घर चलाउन समस्या भएपछि बाबुले दोस्रो बिहे गरे ।

फरक क्षमता भएकाकै सहारा

रित्तिए बस्ती, बाँझियो जग्गा

माथागढी गाउँपालिका १ चिदीपानीका अधिकांश बस्ती रित्तिन थालेका छन् । बस्ती पातलिँदै गएपछि जमिनसमेत बाँझै रहेको छ । तीनतले पुराना घर थोत्रिएका छन् । टिनमा खिया लागेको छ ।

रित्तिए बस्ती, बाँझियो जग्गा

सार्वजनिक जग्गा व्यक्तिका नाममा

करोडौं मूल्यको सार्वजनिक जमिन व्यक्तिका नाममा दर्ता गरिएको दाबीसहित रूपन्देहीको मायादेवी गाउँपालिकावासीले बदर गर्नुपर्ने माग गरेका छन् ।

सार्वजनिक जग्गा व्यक्तिका नाममा

उखु किसान अनशनमा

माग पूरा नभएको भन्दै उखु किसान बुधबार अनिश्चितकालीन अनशनमा उत्रिएका छन् । सरकारले कृषकलाई दिने घोषणा गरेको अनुदान पाउनुपर्ने माग गर्दै इलाका प्रशासन चन्द्रौटाअगाडि उनीहरू अनशन बसेका हुन् ।

उखु किसान अनशनमा

प्यूठानमा फस्टाउँदो कुखुरापालन

प्यूठान नगरपालिका ४ खडडेराका लीलाध्वज पाठक पाँच वर्षअघि कुुखुरापालन व्यवसाय थाल्दा निकै द्विविधामा थिए । प्यूठानबाट अध्ययनका लागि दाङको घोराही पुगेका उनले उतै जग्गा भाडामा लिएर लेयर्स पाल्न थाले ।

प्यूठानमा फस्टाउँदो कुखुरापालन

३ वर्षदेखि अधुरै बसपार्क

निर्माण सुरु भएको दुई वर्षमा पनि नेपालगन्ज बसपार्कको आधा काम भएको छैन । पटक–पटक म्याद थप्दासमेत अहिलेसम्म ४० प्रतिशत मात्रै काम भएको छ । निर्माणमा ढिलाइले यात्रु, यातायात व्यवसायी, गाडी चालक, स्थानीय व्यापारीलगायत सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

३ वर्षदेखि अधुरै बसपार्क

‘प्रलोभन’मा पारेर तस्करी

पश्चिम नवलपरासीका विभिन्न सीमावर्ती क्षेत्रबाट मालसामान तस्करी बढेको छ । तस्करले सीमावर्ती क्षेत्रका व्यवसायी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई समेत प्रलोभनमा पारेर कुखुराका चल्ला र दैनिक उपभोग्य वस्तुको तस्करी गरिरहेको खुलासा भएको छ ।

‘प्रलोभन’मा पारेर तस्करी