२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सुरक्षाकर्मीसहितको र्‍याफ्टिङ पल्टिँदा एक बेपत्ता, छ को उद्धार

कमल पन्थी

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराको र्‍याफ्टिङ शनिबार दिउँसो पल्टिँदा गेमस्काउट भोला यादव बेपत्ता भएका छन् । निकुञ्जमा तैनाथ नेपाली सेना र गेमस्काउटसहित सातजना सवार र्‍याफ्टिङ बासगढी-१ निकुञ्जको मुलघाटबाट शिवपुर पोष्ट जानेक्रम पल्टिएको सहायक संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । 

सुरक्षाकर्मीसहितको र्‍याफ्टिङ पल्टिँदा एक बेपत्ता, छ को उद्धार

निकुञ्जको खटनपटन र गस्तीमा दुई वटा र्‍याफ्टिङमा १४ जना सवार थिए । पल्टिएको र्‍याफ्टिङका अन्य छ जना निकुञ्जका कर्मचारीले पौडेर ज्यान बचाएका छन् । निकुन्जका अनुसार यादवले लाइफ ज्याकेट लगाए पनि पछि गर्मी भयो भन्दै निकालेका थिए ।


प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले यादवको खोजीका लागि सशस्त्र प्रहरीका गोताखोर त्यसतर्फ पठाइएको जनाए । घटना सदरमुकाम गुलरियाबाट करिब ६० किमि उत्तर पूर्वमा पर्छ ।

प्रकाशित : भाद्र २, २०७५ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?