कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

दुर्गालाल केसी

दाङ — पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको नर्तीमा आइतबार बिहान भारतीय कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । 

कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

भालुबाङबाट लमहीतर्फ जाँदै गरेको यूके–०१–टीए–१४१५ नम्बरको कारले लमहीबाट भालुबाङतर्फ जाँदै गरेको रा १ प ५८८३ नम्बरको मोटरसाइकललाई लमही नगरपालिका–३ नर्तीमा ठक्कर दिएको थियो ।


कारको ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालक राप्ती गाउँपालिका–७ सिसहनियाका ४९ वर्षीय धनबहादुर सुवेदी र ५० वर्षीय बिष्णुबहादुर जिसीको उपचारका लागि बुटवल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने कार र चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।


यसैगरी शनिबार राति घोराही लमही सडकखण्डको कुइरेपानीमा ना ५ ख ६७६७ नम्बरको बसले लु ३९ प ३८८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार प्युठान नगरपालिका–६ माझकोटका १९ वर्षीय पदम मगर र १७ वर्षीय यामबहादुर थापा घाइते भएका छन् । उनीहरुलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ३, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?