कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

हिलोमा फुटबल

रूपन्देही — युवाबीच मित्रता र सद्भाव बढाउन एवं मनोरञ्जनका लागि शनिबार बुटबलको जानकीनगरमा हिले फुटबल प्रतियोगिता भएको छ ।

हिलोमा फुटबल

रोट्रयाक्ट क्लब अफ तिनाउ सिटीको आयोजनामा प्रथम हिले फुटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उपाधि रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेसनलले हात पारेको छ । फुटबलकै नियममा खेलाइए भए पनि खेल मैदानलाई पानी हालेर हिलाम्मे बनाइएको थियो ।

तिलोत्तमा नगरपालिका २, जानकीनगरस्थित खेल मैदानमा भएको फाइनलमा आयोजक रोट्रयाक्ट क्लब अफ तिनाउ सिटीलाई टाइबेकरमा १–० गोलले पराजित गर्दै रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेसनलले उपाधि हात पारेको हो । निर्धारित २० मिनेटको समयमा कुनै पनि गोल नभएपछि खेल टाइबेकरमा धकेलिएको थियो ।

उपाधि विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई रोटरी क्लब अफ बुटबल साउथका पूर्वअध्यक्ष इन्द्र सुनार, क्लबका अध्यक्ष प्रकाश पराजुलीले संयुक्त रूपमा सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । जोन ११ र १२ का १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : भाद्र ३, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?