२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३
प्रदेश ५

Pradesh-5

दुर्घटनामा दुईको मृत्यु

तुलसीपुरमा मंगलबार बेलुका भएका दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ८१७ नम्बरको बस तुलसीपुरको पर्सेनी खोलामा पल्टिँदा भारत शिवहरीका ३० वर्षीय हरिकिशोर गुप्ताको मृत्यु भएको छ ।

दुर्घटनामा दुईको मृत्यु

तराईलाई पहाडी तरकारीको भर

वर्षायाममा तराईका खेतीयोग्य जमिन जलमग्न हुने भएकाले त्यहाँका बासिन्दा पहाडी तरकारीमा निर्भर हुन्छन् । व्यापारीले यहीं आएर खरिद गरेर लैजान्छन् । कपिलवस्तुको चन्द्रौटा र गोरुसिंगेमा लाग्ने हाटबजारमा अर्घाखाँचीको तरकारी ग्राहकले खोज्ने व्यापारी बताउँछन् ।

तराईलाई पहाडी तरकारीको भर

माडीखोलामा पुल सुरु

एक दशकदेखि अलपत्र जिल्लास्थित माडीखोलामा पक्की पुल निर्माण पुन: सुरु गरिएको छ । सडक डिभिजन कार्यालयले दोस्रोपटक टेन्डर आह्वान गरेर नयाँ ठेकेदारलाई जिम्मा दिएपछि निर्माण थालिएको हो । अलपत्र पुल निर्माणको जिम्मेवारी जिल्लाकै ठेकेदार राजवीर घर्तीले लिएका छन् ।

माडीखोलामा पुल सुरु

अख्तियारको छानबिन: जमिन र पैसा फिर्ता

बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयले गत वर्ष २६ करोड मूल्य पर्ने २५ बिघा १० कट्ठा ११ धुर जग्गा र ४ करोड रुपैयाँ राजस्व फिर्ता गराएको छ ।

अख्तियारको छानबिन: जमिन र पैसा फिर्ता

महिनावारीमा ३ दिन गयल

रूपन्देहीको मर्चवार आदर्श माविकी वसुन्धरा यादव महिनाको तीन दिन विद्यालय जान्नन् । बिरामी भएर वा घरमा काम परेकाले उनी स्कुल नगएकी होइन । महिनावारी भएकाले विद्यालय जान नसकेकी हुन् ।

महिनावारीमा ३ दिन गयल

तानसेनमा पार्किङ र रुट निर्धारण

साताअघि तानसेन नगरपालिका २ बडीज्ञानटोलमा भएको दुर्घटनामा दुईको ज्यान गएपछि नगरपालिकाले ट्राफिक व्यवस्थित बनाउन अग्रसरता देखाएको छ । जिल्ला प्रहरी, प्रशासन तथा ट्राफिकको सहकार्यमा नगरपालिकाले पार्किङ क्षेत्र र गाडीका लागि रुट निर्धारण गरेको हो ।

तानसेनमा पार्किङ र रुट निर्धारण

बोक्सी आरोपित विस्थापित

आफूलाई इसाई धर्मको समर्थक बताउने समूहले चरम यातना दिएपछि ६० वर्षीया एक महिला गाउँबाटै विस्थापित भएकी छन् । मानसिक यातना सहन नसकेपछि पीडित महिला र उनका आफन्तले जिल्ला प्रहरीमा निवेदन दिएका थिए ।

बोक्सी आरोपित विस्थापित

ठूला रूखजति भारततिर

वर्षायाममा कर्णालीको भेलले बगाएर दैनिक साना/ठूला रूख भारत पुर्‍याउने गरेको छ । वर्षापछि सयौं रूख त्यहाँ पुगेका छन् । भारत, उत्तर प्रदेशस्थित वन विभागले यस्ता पैदावार संकलनका लागि यस वर्ष सीमामा तीन करोड भारतीय रुपैयाँमा दुई वर्षका लागि ठेक्का लगाएको छ ।

ठूला रूखजति भारततिर

६७ लाख ब्लडमनी संकलन

दुई वर्षदेखि साउदी अरेबियाको जेलमा परेका रोल्पा, धबाङका दिलबहादुर घर्तीमगरलाई छुटाउन सहयोगबाटै ब्लडमनी संकलन गरिएको छ । उनको रिहाइका लागि आवश्यक ब्लडमनीबापतको ६७ लाख रुपैयाँ संकलन गरी सरकारलाई बुझाइएको छ ।

६७ लाख ब्लडमनी संकलन

स्वच्छ खानेपानी ‘चुनौती’

वर्षातको समयमा स्वच्छ खानेपानी पिउनु यहाँ चुनौती बनेको छ । जताततै जलाम्मे भएकाले पाइपमा भल वा ढल मिसिने सम्भावना बढी छ । ढल र भलबाट पाइप बचाउन सके मात्रै पानी स्वच्छ राख्न सकिन्छ ।

स्वच्छ खानेपानी ‘चुनौती’

विधेयक पास नगरी सिफारिस दस्तुर

आर्थिक विधेयक गाउँ र नगरसभाबाट पास नगरीकनै यहाँका दुई स्थानीय तहले सेवाग्राहीबाट सिफारिस दस्तुर असुलिरहेका छन् । विधेयक पास भएपछि मात्र आर्थिक कारोबार गर्न पाइने कानुनी प्रावधान छ ।

विधेयक पास नगरी सिफारिस दस्तुर