१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

६७ लाख ब्लडमनी संकलन

रोल्पा — दुई वर्षदेखि साउदी अरेबियाको जेलमा परेका रोल्पा, धबाङका दिलबहादुर घर्तीमगरलाई छुटाउन सहयोगबाटै ब्लडमनी संकलन गरिएको छ । उनको रिहाइका लागि आवश्यक ब्लडमनीबापतको ६७ लाख रुपैयाँ संकलन गरी सरकारलाई बुझाइएको छ ।

६७ लाख ब्लडमनी संकलन

साउदी अरबस्थित अदालतले तोकेको ६७ लाख ब्लडमनी सहयोगीले परिवारलाई बुझाएपछि उक्त रकम सरकारलाई हस्तान्तरण गरिएको हो । घर्ती जेल परेपछि ब्लडमनी संकलन सुरु गरिएको थियो । साउन मसान्तमा उक्त रकम साउदी अरबस्थित अदालतमा बुझाउन परिवारले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो ।


‘अब दिलबहादुरको रिहाइका लागि पहल सुरु हुनेछ,’ ब्लडमनी संकलन गर्न गठित मूल सहयोग समिति संयोजक दीपेश पुनले भने । उनका अनुसार संकलित रकम दिलबहादुरकी पत्नी मनिकामार्फत सरकारलाई बुझाएपछि कूटनीतिक प्रक्रियामार्फत दिलबहादुरको रिहाइ प्रक्रिया अघि बढाइएको हो ।


परराष्ट्र मन्त्रालयले उक्त रकम बुझेर रिहाइ प्रक्रिया अघि बढाएको मन्त्रालयका शाखा अधिकृत प्रवीण भट्टराईले दिलबहादुरकी पत्नीलाई लेखेको पत्रमा उल्लेख छ ।


प्रकाशित : भाद्र ६, २०७५ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?