प्रदेश ५
भाद्र १०, २०७५

दुई मुलुकका राष्ट्रपति भ्रमणमा आउने भएपछि लुम्बिनीमा सुरक्षा कडा

काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनका क्रममा दुई मुलुकका राष्ट्रपति बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । लुम्बिनीमा शनिबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उत्पादन बढाउँदै किसान

यहाँका किसानलाई उत्पादन गरेका सामग्री बिक्रीका लागि बजार खोज्दै हिँड्नु पर्दैन । जे उत्पादन गरे पनि बिक्री हुन्छ । लगानी डुब्ने चिन्ता पनि छैन ।

विवाह, मृत्यु दर्ता गरे भत्ता पाइने

स्थानीय तहमा सर्वत्र करको विरोध भइरहेका बेला रामपुर नगरपालिका ६ ले तोकिएको समयमा विवाह र मृत्यु दर्ता गर्नेलाई भत्ता दिने निर्णय गरेको छ ।

खुम्चिँदै घर्ती गाउँको विरासत

एक समय थियो, जिल्लाको राजनीतिमा घर्ती गाउँको दबदबा थियो । जनप्रतिनिधिमा घर्तीमगरकै बाहुल्य हुन्थ्यो । उनीहरूको एकताले चुनावमा हार बेहोर्थेनन् । वडादेखि गाउँ तहका प्राय: पदमा घर्तीमगर चुनिन्थे ।

ADVERTISEMENT
ADVERTISEMENT

तानसेन नगरको पाश्र्वचित्र : तथ्यांकमै त्रुटि

दातृसंस्थाको ३० लाख सहयोगमा तयार गर्न लागिएको तानसेन नगरपालिकाको पाश्र्वचित्र (नगर प्रोफाइल) तथ्यांकमै भरपर्दो नभएको देखिएको छ ।

भाद्र ९, २०७५

ढल निकास नहुँदा राजमार्ग जलमग्न  

पूर्वपश्चिम महेन्द्रराजमार्गको मुख्य बजारमा ढल निकासको ब्यवस्था नहुँदा वर्षात्‌मा राजमार्ग जलाम्मे हुने गरेको छ । राजमार्ग पानीले भरिदाँ दुर्घटनाको जोखिम बढेको छ भने यात्रुुले सास्ती भोग्नु परेको छ ।

अब्बल सामुदायिक विद्यालय

पश्चिम नवलपरासीको सुनवलस्थित देवकोटा माविमा विद्यार्थीको संख्या उल्लेख्य छ । अंग्रेजी माध्यमद्वारा अध्ययन/अध्यापन हुने यस विद्यालयको शैक्षिक गुणस्तर अब्बल भएपछि अभिभावक र विद्यार्थीको आकर्षण बढेको हो ।

ADVERTISEMENT
ADVERTISEMENT

रोकियो गरिबी परिचयपत्र

वास्तविक गरिब छुटेपछि कपिलवस्तु नगरपालिकामा गरिबी परिचयपत्र वितरण रोकिएको छ । नगर कार्यपालिका बैठकले पाउनुपर्ने परिवारको नामावली छुटेकाले वितरण नगर्ने जनाएको हो ।

कालोपत्रेले जोडिँदै जिल्ला

प्रदेश ५ लाई गण्डकीसित जोड्ने उद्देश्यले यहाँको बाग्दुला–भीमगिठे सडक कालोपत्रे थालिएको छ । ‘एक्जिम बैंक’ मार्फत भारत सरकारको ऋण लगानीमा प्यूठानको बाग्दुलादेखि बागलुङको भीमगिठेसम्म ७३ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको हो ।

विदेशको कर्म, स्वदेशमै मन

जुन मान्छेको मन समाजसेवामा हुन्छ, त्यस्तालाई कसैले रोकेर रोकिँदैन । तानसेन नगरपालिका ३ भगवतीटोलका निरजगोविन्द श्रेष्ठ त्यस्तै मनकारी ठहरिए ।