प्रदेश ५
भाद्र ११, २०७५

करेन्ट लागेर कार्यालय सहयोगीको मृत्यु

सार्वजनिक स्थलमा विद्यालयको सूचना टाँग्ने क्रममा करेन्ट लागेर सोमबार तुलसीपुर उपमहानगरपालिका ११ उरहरीस्थित अमर माविका कार्यालय सहयोगी ४५ वर्षीय जोगिलाल चौधरीको मृत्यु भएको छ ।

स्थानीय तहमा ‘स्कार्पियो’

दुई दशकपछि गत वर्ष भएको निर्वाचनले स्थानीय तहलाई जनप्रतिनिधि दिलायो । अहिले तिनै जनप्रतिनिधिबीच सरकारी बजेटमा महँगा गाडी चढ्ने होड छ । प्रदेश ५ का स्थानीय तहका प्राय: सबै प्रमुख–उपप्रमुखले सवारी साधनका रूपमा ५० लाख पर्ने स्कार्पियो गाडी रोजेका छन् ।

प्रयोगशाला नहुँदा बिरामीलाई मर्का

कोहलपुर स्वास्थ्यचौकीमा प्रयोगशाला नहुँदा बिरामीलाई मर्का परेको छ । रोग यकिन गर्न प्रयोगशाला परीक्षण अनिवार्य हुन्छ । तर, स्वास्थ्यचौकीमा यस्तो सेवा नहुँदा बिरामी समस्यामा परेका हुन् ।

हचुवामा खनिएका सडकमा पहिरै पहिरो

पहाडी पाल्पा र रोल्पामा ग्रामीण क्षेत्रमा डोजरले खनेका सडक वर्षातमा भत्केर यात्रुुले सास्ती खेप्नुपरेको छ । प्राविधिक अध्ययनबिनै खनिएका सडकमा अहिले पहिरै पहिरो छ । पाल्पाको आर्यभञ्ज्याङ–रामपुर सडकमा १५ वर्षअघिसम्म पहिरो खस्ने थिएन ।

दस स्थानमा आधुनिक चिस्यान केन्द्र

कृषिजन्य उत्पादनलाई दीर्घकालीन रूपमा मौज्दात राख्नका लागि प्रदेश ५ मा आधुनिक प्रविधिका १० चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण हुने भएका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT

ठेकेदारलाई कारबाही भएन

गृहमन्त्रीको निर्देशनमा स्थानीय प्रशासनले काम नगर्ने केही ठेकेदारको सूची तयार गरी पठायो । एक/दुई जनालाई कारबाही गर्ने भन्दै पक्राउ पनि गर्‍यो । तर गृहमन्त्रीले भनेजस्तै बाँकेमा काम नगर्नेहरू कारबाहीमा परेका छैनन् ।

रामग्राम स्तुप र पण्डितपुर सुनसान

बुद्ध सर्किटका महत्त्वपूर्णस्थल पश्चिम नवलपरासीस्थित पण्डितपुर र रामग्राम स्तुप विकासका लागि लुम्बिनी विकास कोषले ध्यान नदिँदा आझेलमा परेका छन् ।

भाद्र १०, २०७५

दुई मुलुकका राष्ट्रपति भ्रमणमा आउने भएपछि लुम्बिनीमा सुरक्षा कडा

काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनका क्रममा दुई मुलुकका राष्ट्रपति बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । लुम्बिनीमा शनिबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

ADVERTISEMENT
ADVERTISEMENT

उत्पादन बढाउँदै किसान

यहाँका किसानलाई उत्पादन गरेका सामग्री बिक्रीका लागि बजार खोज्दै हिँड्नु पर्दैन । जे उत्पादन गरे पनि बिक्री हुन्छ । लगानी डुब्ने चिन्ता पनि छैन ।

विवाह, मृत्यु दर्ता गरे भत्ता पाइने

स्थानीय तहमा सर्वत्र करको विरोध भइरहेका बेला रामपुर नगरपालिका ६ ले तोकिएको समयमा विवाह र मृत्यु दर्ता गर्नेलाई भत्ता दिने निर्णय गरेको छ ।

खुम्चिँदै घर्ती गाउँको विरासत

एक समय थियो, जिल्लाको राजनीतिमा घर्ती गाउँको दबदबा थियो । जनप्रतिनिधिमा घर्तीमगरकै बाहुल्य हुन्थ्यो । उनीहरूको एकताले चुनावमा हार बेहोर्थेनन् । वडादेखि गाउँ तहका प्राय: पदमा घर्तीमगर चुनिन्थे ।

तानसेन नगरको पाश्र्वचित्र : तथ्यांकमै त्रुटि

दातृसंस्थाको ३० लाख सहयोगमा तयार गर्न लागिएको तानसेन नगरपालिकाको पाश्र्वचित्र (नगर प्रोफाइल) तथ्यांकमै भरपर्दो नभएको देखिएको छ ।