कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

करेन्ट लागेर कार्यालय सहयोगीको मृत्यु

दुर्गालाल केसी

दाङ — सार्वजनिक स्थलमा विद्यालयको सूचना टाँग्ने क्रममा करेन्ट लागेर सोमबार तुलसीपुर उपमहानगरपालिका ११ उरहरीस्थित अमर माविका कार्यालय सहयोगी ४५ वर्षीय जोगिलाल चौधरीको मृत्यु भएको छ ।

करेन्ट लागेर कार्यालय सहयोगीको मृत्यु

विद्यालयले यसै वर्षदेखि सञ्चालन गर्न लागेको पशु विज्ञान विषयको अध्यापन सम्बन्धी सूचनाको ब्यानर विद्युतको पोल नजिकै टाँग्ने क्रममा करेन्ट लागेर चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ११, २०७५ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?