१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सडक भत्किँदा यातायात अवरुद्ध 

नारायण शर्मा

काठमाडौँ — पहाडी भेगको लाईफ लाईन मानिने दल्दले कुम्सोत पक्की सडक भाँसिदा आवगमन बन्द भएको छ ।

सडक भत्किँदा यातायात अवरुद्ध 

लगातरको वर्षाले खुर्सानी खोलादेखि तलको सडक ६५ मिटर भाँसिएर भत्किएको हो । निर्माण सम्पन्न गरेर पहाडी भेगमा सञ्चालन हुने यातायात सुचारु भएको ६ महिनामै सडक भाँसिएको हो ।


सडक भाँसिएपछि यातायात आवगमन बन्द भएको छ । सडक उपभोक्ता समितिका सचिव डिल्लीराम पाण्डेका अनुसार २ नम्बर घुम्तिदेखि दक्षिणतर्फको सडक बनाउन उठाइएको ग्याबिन वाल गत आइतबार भाँसिएर तल खसेका कारण सडक पनि भत्किएको हो ।


दल्दलेबाट कुम्सोत जोड्ने ११ किलोमिटर पक्की सडक ६ करोड ३२ लाखको लागतमा निर्माण सम्पन्न भएको ६ महिना नहुँदै भत्किएको हो ।


४ वर्ष अघि नै तत्कालीन जिल्ला विकास समितिले बनाएको पुरानो ग्याबिन भाँसिएको हुँदा फेरी बनाउन आग्रह गरिने पाण्डको भनाई छ ।


सडकको देब्रेतर्फको भाग भाँसिएर खसेका कारण चारपाङ्ग्रे चल्ने अवस्था छैन । उक्त सडक खण्डहुँदै पहाडी भेगका ३ गाउँपालिकामा खाद्यान्न लगायतका सामाग्री ढुवानी गरिन्छ ।


उक्त पहाडी सडकको ठाउँठाउँमा पहिरो खसेको छ । सडक भाँसिएको स्थानमा सडक सतहदेखि ९० मिटर तलबाट ढुंगाको पर्खाल बनाउन पर्ने भएकाले तत्काल यातायात सुचारु गर्न नसकिने पाण्डको भनाई छ ।


दल्दले कुम्सोत सडक खण्डमा वैकल्पिक सडक बनाउन समेत अफ्ठेरो रहेका कारण पहाडी भेगका बासिन्दालाई असुविधा भएको छ । जिल्ला समन्वय समितिका अधिकारी विजय पौडेलले सडक भत्किएको बारे सडकको दातृ निकाय र ठेकेदारलाई जानकारी गराउने बताए ।


उनले सडक सम्पन्न भएको एक वर्ष नसकिएकाले त्यो बनाउने ठेकेदारकै कार्य क्षेत्रभित्र पर्ने दाबी गरे ।

प्रकाशित : भाद्र १३, २०७५ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?