१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
प्रदेश ५

Pradesh-5

दिनदहाडै खुकुरी प्रहार

नेपालगन्ज उपमहानगरपालिका–७ डिएसपी रोड नजिकै अरबीहुसेन अन्सारीमाथि शुक्रबार दिउँसो खुकुरी प्रहार भएको छ । खुुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो घाउ बनेको छ । 

दिनदहाडै खुकुरी प्रहार

पढ्न छाडेर बाँदर धपाउँदै विद्यार्थी

स्कुलमा कापी, किताब र कलम समातेर पढ्ने बेला छत्रदेव गाउँपालिकाका विद्यार्थी भने हातमा लौरो, गुलेली र ढुंगा लिएर बाँदर लखेट्न बाध्य छन् ।

पढ्न छाडेर बाँदर धपाउँदै विद्यार्थी

जिल्लामै पुगेन सिंहदरबार

सिस्ने गाउँपालिका १ सिस्नेकी मंगलाकुमारी बुढाले धेरै पटक गाउँगाउँ सिंहदरबार पुग्ने कुरा सुनेकी थिइन् । तर, उनले गाउँमा मात्रै होइन, जिल्लामै सिंहदरबार आएको अनुभव गर्न पाएकी छैनन् ।अपांगता परिचयपत्रका लागि धेरै पटक जिल्लामा धाउँदा पनि उनले अपांगता परिचयपत्र पाउन सकेकी छैनन् ।

जिल्लामै पुगेन सिंहदरबार

अधिकृतसहित ६ विरुद्ध किर्ते मुद्दा

सार्वजनिक जग्गा किर्ते गरेर व्यक्तिका नाममा दर्ता गर्न सघाएको भन्दै मालपोत कार्यालय परासीका अधिकृतसहित ६ जनामाथि मुद्दा दायर भएको छ । जिल्ला प्रहरीले कर्मचारीको मिलेमतोमा जग्गा पास भएको भन्दै उनीहरूमाथि जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । मालपोत कार्यालय परासीका चार कर्मचारी र किर्ते कागज बनाउने दुई जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अधिकृतसहित ६ विरुद्ध किर्ते मुद्दा

कक्षा दोहोर्‍याएर इन्जिनियरिङ

जिल्लाको खजुरा गाउँपालिका ३ की पुनम शर्मा सानैदेखि इन्जिनियर बन्न चाहन्थिन् । अरूभन्दा फरक बनेर देखाउने चाहना थियो । परिवारको आर्थिक अवस्था कमजोर भएकाले इन्जिनियरिङ पढ्ने सपना पूरा हुँदैनजस्तो लागेको थियो । घर नजिक सामुदायिक विद्यालयमै सिभिल इन्जिनियरिङको पढाइ सुरु भएपछि धोको पूरा भएको छ ।

कक्षा दोहोर्‍याएर इन्जिनियरिङ

गणमा सारिए गहना

रणउजिरेश्वरी भगवती मन्दिर व्यवस्थापन समितिले मन्दिरका सबै गरगहना नेपाली सेनाको तानसेनस्थित गोरख दल गणमा सुरक्षित गर्न लगेको छ । तानसेन ३ टक्सार टोलस्थित पुजारीको घरमा रहेका भगवतीलाई चढाएका गहना सेनाको गणमा सारेको मन्दिर व्यवस्थापन समितिले जनाएको हो ।

गणमा सारिए गहना

डेढ दर्जन पक्की पुल अलपत्र

जिल्लामा निर्माणाधीन पुल अलपत्र हुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । यहाँका १५ भन्दा बढी स्थानमा पक्की पुल निर्माण भइरहेका छन् । तर, तोकिएको समयमा निर्माण पूरा नहुँदा स्थानीयले वर्षायाममा दु:ख खेपिरहेका छन् । असारदेखि असोजसम्म अधिकांश स्थानमा खोला बढ्ने गर्छन् । त्यस्ता खोलामा मोटरसाइकल, साना सवारी साधन चल्न सक्दैनन् ।

डेढ दर्जन पक्की पुल अलपत्र
भाद्र १४, २०७५

मालपोत अधिकृतसहित ६ विरुद्ध किर्ते मुद्दा

सार्वजनिक जग्गा किर्ते गरेर व्यक्तिका नाममा दर्ता गर्न सघाएको भन्दै मालपोत कार्यालय परासीका अधिकृतसहित ६ जनामाथि मुद्दा दायर भएको छ । जिल्ला प्रहरीले कर्मचारीको मिलेमतोमा जग्गा पास भएको भन्दै उनीहरूमाथि जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

मालपोत अधिकृतसहित ६ विरुद्ध किर्ते मुद्दा

राप्ती उपक्षेत्रीय अस्पताल: चिकित्सक नहुँदा उपचार प्रभावित

राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ । १ सय २१ जनाको दरबन्दी भएकामा ७९ जनाको मात्रै पूर्ति भएको छ । ४२ स्वास्थ्यकर्मीको पद रिक्त छ ।

राप्ती उपक्षेत्रीय अस्पताल: चिकित्सक नहुँदा उपचार प्रभावित

पदाधिकारीमै ‘बोली बाराबार’

रूपन्देहीका केही स्थानीय तहका पदाधिकारीबीच आफ्नै सुविधा बढाउने कुरामा विवाद भएको छ । विवाद चर्किंदै जाँदा कार्यालयमा तालाबन्दी र बोली बाराबारसम्मको स्थिति आएको छ ।

पदाधिकारीमै ‘बोली बाराबार’

कल्भर्ट बगेपछि थुनिए जिप

सिद्धार्थ राजमार्गको दोभान बजार पश्चिमका विभिन्न क्षेत्रसम्म पुग्ने सडकमा दुई महिनादेखि गाडी गुडेका छैनन् । तिनाउ नदीमा पुल नहुँदा बर्खामा गाडी नचलेका हुन् । दुई वर्षअघिदेखि निर्माण थालिएको पुल अधुरै छ । यस भेगका बासिन्दा सधैं सास्ती बेहोर्न बाध्य छन् ।

कल्भर्ट बगेपछि थुनिए जिप

बग्दै खेतीयोग्य जमिन

दुई महिनायता नेपाल–भारत सीमास्थित लटकनिया गाउँको करिब पाँच बिघा खेतीयोग्य जमिन बबई नदीको कटानले बगिसकेको छ । तीन वर्षयता बबईको कटानले ५० बिघाभन्दा बढी जमिन बगाइसकेको स्थानीयले बताएका छन् ।

बग्दै खेतीयोग्य जमिन

बेपत्ताका परिवारप्रति सरकारको बेवास्ता

विगतको ‘सशस्त्र द्वन्द्व’ को औपचारिक समापन गर्न शान्ति सम्झौता गरेको लामो समय बिते पनि त्यसै द्वन्द्वबाट पीडित भएकालाई न्याय मिलेको छैन । बेपत्ता व्यक्तिका परिवारका सदस्य कसैको नजरमा परेका छैनन् ।

बेपत्ताका परिवारप्रति सरकारको बेवास्ता

पक्की पुलले यातायात सहज

झिमरुक गाउँपालिका १ स्थित सौतामारेफेदी गर्तङखोलामा पक्की पुल निर्माणले बाग्दुला–पुर्कोटदह सडकमा बर्खामा पनि यातायात सुचारु भएको छ ।

पक्की पुलले यातायात सहज